सबैको ध्यान खिच्ने ४७ बर्षिय मलाइकाकाे हट पोज, हेर्नुहोस् ११ तस्बिर

बलिवुड सुन्दरीको हट तस्बिरले समय समयमा निकै चर्चा पाउने गर्छ । जसलाई आइटम डान्स बढी मनपर्छ उनीहरुका ओठमा झुण्डिने नाम हो मलाइका अरोरा। बलिवुडकी चर्चित सुन्दरी मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्।

मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर निकै कान्छा अर्जुन कपुरसँग रोमान्समा छिन्। अर्जुन कपुर बोनी कपुरका छोरा हुन्।

‘मुन्नी बदनाम हुई’ लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा यतिबेला विदा मनाउन माल्दिभ्स पुगेकी हुन्। प्राय भारतीय नायक नायिकाको विदा मनाउन माल्दिभ्स जाने गरेका छन् ।

जहाँ उनले खिचेका निकै हट तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी निकै हट लुकमा देखिएकी छन् । उमेरले ४७ बर्ष पुगेकी उनको हटनेसको बलिउडमा निकै चर्चा हुनेगर्छ ।

अरोडाको चर्चा सदा हुनेगर्छ । उनी ४७ वर्षमा पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन् । सामाजिक सञ्जालमा सक्रिय रहने मलाइकाले आफ्ना तस्बिरहरु सेयर गरिरहन्छिन् । जहाँ फ्यानहरूको प्रशंसाले भरिएको प्रतिक्रियाको बर्षा नै हुनेगर्छ ।

उनी आफ्नो फिटनेसमा निकै ध्यान दिने गर्छिन् । ४७ वर्षमा पनि उनको फिटनेसका कारण पनि उनी चर्चामा आइरहन्छिन् ।

उनले सेयर गरेका पछिल्ला तस्बिरहरुमा उनी निकै सुन्दर र बोल्ड देखिएकी छन् । उनले तस्बिर सेयर गरेको केही दिनमा नै लाइक, कमेन्ट र सेयरको निकै माथि पुगेको छ ।

उनी फिटनेसको लागि नियमित योगा गर्ने गर्छिन् । व्यायाम र योगा कै कारण उनी अहिलेसम्म पनि फिट नै भएको बताउँछिन् ।

प्रकाशित मिति February 17, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।