काठमाण्डौं – पूजा शर्मा नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका हुन् । पछिल्लो समयमा चलचित्रमासँगै म्यूजिक भिडियोमा पनि उनको डिमाण्ड हाई छ ।
उनले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । तर उनको लोकप्रियतामा भने कमी आएको छैन । उल्टो पूजाको फ्यान फलोइङ बढिरहेको छ ।
अहिले पनि पूजा एक म्यूजिक भिडियोमा व्यस्त छिन् । उक्त गीतको सुटिङ सेटबाट पूजाका केही तस्बिर बाहिर आए
अहिले पनि पूजा एक म्यूजिक भिडियोमा व्यस्त छिन् । उक्त गीतको सुटिङ सेटबाट पूजाका केही तस्बिर बाहिर आएका छन् । तस्बिरमा पूजा निकै नै राम्री देखिएकी छिन् ।
फ्यानले पूजाको उक्त तस्बिरहरुलाई मन पराइरहेका छन् र सकरात्मक प्रतिक्रिया पनि दिइरहेका छन् । कामको कुरा गर्नुपर्दा लकडाउन भन्दा अघि पूजा म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त थिइन् ।
तर कोरोनाका कारण चलचित्र तोकिएको समयमा रिलिज हुन सकेन । म यस्तो गीत गाउँछु २ अब केहीसमय पछि मात्र रिलिज हुने बताइएको छ ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।