श्रीकृष्णले श्वेतालाई ‘२ करोड दिन्छु अर्कैसँग बिहे गर भनेका थिए- राजेन्द्र खड्गी (भिडियो)

द्धन्द्ध निर्देशक राजेन्द्र खड्की स्पष्ट वक्ता हुन् । उनी निडर तरिकाले आफ्ना कुरा खुलस्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिएका छिन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खोलिदिएका थिए ।

अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खुलाएका छन् । उनी निकै पुराना द्धन्द्ध निर्देशक हुन् । उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फिल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसंग जान्दछन् । साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका प्रिय साथी थिए ।

उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई एक्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् ।
भिडियो हेर्न तल क्लिक गराैँ ..

श्रीकृष्ण श्रेष्ठको निधन भएपछि आफुले श्वेतालाई विवाह नगर भनेर सल्लाह दिएको बताएका छन् । तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखावटीमा गएको र विवाह निकै भब्य तरिकाले गरेको सबैको आँखामा परेको बताए ।

श्रीकृष्णले आफुलाई आफ्नो निधनको संकेत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु अरुसंग विवाह गर्न भनेर सम्झाइदिउ भनेर भनेको स्मरण गरेका छन् ।

त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबोलेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको नामवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सुझाव दिएका छन् ।

बाँकि भिडियोमा हेराैँ

प्रकाशित मिति February 13, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।