चिसो माैसमलाई चुनाैतीः हट अवतारमा मलिना जोशी, हेराैँ ११ तस्बिर

२७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । मलिना बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन्।

उनका एक दिदी र एक भाइ छन्। धरान बिपिकेआइएचएसमा जन्मिएकी जोशी जागिरे पारिवारिक पृष्ठभूमिकी हुन्। उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।

२०७० मा निर्माण भएको चलचित्र ‘ऋतु’ मार्फत अभिनयमा डेब्यु गरेकी मलिनाका त्यसपछि लगातार ४ चलचित्र झुम्की, संरक्षण, द विनर, रानी, प्रदर्शनमा आए । तर यी सबै चलचित्रले दर्शक रिझाउन त परै जाहोस् निर्माताको लगानी समेत सुरक्षा गर्न सकेन । न त उनी अभिनेत्रीको रूपमा स्थापित भइन् । तर अभिनय यात्रा भने उनको जारी नै रह्यो ।
ह ट भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

त्यसो त चलचित्र असफलताको जस आफू लिदिनँ उनी । भन्छिन्, ‘म एक्लै मात्र भएर चलचित्र चल्ने होर ?’ ‘अभिनयमा सफलता र असफलता अर्काे पाटो हो, दर्शकले भने मलाई मन पराएका छन्’ उनले थपिन् ।

मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।

पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।

त्यस्तै उनले विवाहको चर्चा सुनेको भए पनि आफुले जाडोमा बिहे नगर्ने बताएपछि याे बिषयले निकै चर्चा पाएकाे थियाे ।
ह ट भिडियो हेर्न तल क्लिक गर्नुहोस्..

धेरै जनालाई बिहे गर्नका लागि जाडो महिना मनपर्छ तर मलिनाले जाडो महिना मन नपरेका कारण चिसो मौसममा विवाह नगर्ने बताएपछि याे बिषय भाइरल हुँदै गयाे । मलिना अहिले सुशान्त प्रधानको प्रेममा रहेकी छिन् ।

प्रकाशित मिति February 13, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।