‘मेरो मूल्य समोसा हो, मलाई समोसाले किन्न सकिन्छ’

पूर्व पोर्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन् । मियाको एउटा भिडियो चर्चामा छ । भिडियोमा मियाले भारतीय परिकारको डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन् ।

उनका अनुसार उनले पछिल्लो समय मानवताका लागि फैलाइरहेको प्रोपोगाण्डाको लागि उनलाई यो डिनर उपहार दिइएको हो ।

‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो । मलाई समोसाले किन्न सकिन्छ ।’ मिया

भिडियोमा मियाले भनेकी छिन् ‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो । मलाई समोसाले किन्न सकिन्छ ।’ मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल गरेका थिए ।

यसअघि पनि मियाले ट्वीट गरेर भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेकी थिइन् र पछिल्लो समय पनि उनले किसान आन्दोलनको समर्थन गरिरहेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ

प्रकाशित मिति February 10, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।