प्रेमीलाई इसारामा नचाउन माहिर हुन्छन् यी ४ राशिका युवती

हामी जीवनमा विभिन्न प्रकारका मानिसहरूलाई भेट्छौं। कसैको स्वभाव हामीलाई निकै मन पर्छ भने केहि मानिसको बानी मन पर्दैन। केहि मानिससँग पहिलो भेटमा नै निजिक हुन्छौं।

केहि मानिस निकै सोझा र सरल पनि हुन्छन्। त्यस्तै, केहि मानिस अत्यन्त चलाख किसिमका हुन्छन्, जो निकै चतुर तथा समझदारीका साथ काम गर्ने गर्छन्।

सुखी जीवनको लागि यो धेरै महत्त्वपूर्ण छ कि हामीले हरेक प्रकारका व्यक्तिहरू चिन्न सक्नुपर्छ र त्यहिअनुसार व्यवहार गर्न सिक्नु पर्छ। विशेषगरी जब हामी कसैसँग प्रेम सम्बन्धमा हुन्छौं, किनकि प्रेम सम्बन्धमा खुसी र सुखी हुनु धेरै महत्त्वपूर्ण हुन्छ। ज्योतष शास्त्रकाअनुसार निम्न उल्लेखित चार राशिका मानिस प्रेम सम्बन्धमा हरेक निर्णय चतुरतापूर्वक गर्छन्।

मिथुन राशि

मिथुन राशिका मानिसहरु दोहोरो चरित्रका हुन्छन्। मिथुन राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन् र उनीहरूको वाणीको कुरामा निकै सतर्क हुन्छन्। यिनीहरुले यो कुरा राम्रोसँग जानेका हुन्छन् कि कस्तो बोलीले अरु मान्छेलाई आफ्नो इसारामा नचाउन सकिन्छ र आफ्नो अनुसार कार्य निकाल्न सकिन्छ।

सिंह राशि

यस राशिका मानिस निकै चलाख हुन्छन्। यी मानिसलाई कुनै पनि समय आफ्नो प्रेमी आफ्नो अनुसार कार्य गरिरहेको छैन भन्ने लग्यो भने हेरफेर गर्न प्रयास गर्छन्। असुरक्षाको स्थितिमा अरुको कमजोरीको माध्यमले अरुलाई आफ्नो औंलामा नाच्न बाध्य पार्छन्।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस कहिल्यै पनि आफ्नो भावना अन्य मानिस समक्ष व्यक्त गर्न सक्षम हुँदैनन्। जसको कारण उनीहरूको प्रेम सम्बन्धमा निश्चित रूपमा दुविधा रहन्छ। वृश्चिक राशिका मानिसको मौनतामा पनि चलाखी लुकेको हुन्छ।

मीन राशि

मीन राशिका मानिस निकै चतुर हुन्छन्। यिनीहरु धेरै चलाखीसाथ आफ्ना प्रेमीलाई आफ्नो अनुसार चल्नको लागि तयार गर्छन्। विश्वास गर्नुहोस् यो सबैको बसको कुरा हैन। प्रेम सम्बन्धमा यी मानिस आफैं मनमानी गर्छन् । यसले यी मानिसलाई फरक पार्दैन।

यो पनि- २० मिनेटमै छाला चम्काउने घरेलु विधि

अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन । यी तरिका अपनाउनुभयो भने तपाइको छाला सुन्दर, मुलायम र चम्किलो बन्नेछ–

यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् ।

दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।?

छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ। चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

यो पनि – लाइसेन्सको लिखितमा पास हुनेले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने

पोखरा- सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो।

विभागले सूचना मार्फत भनेको छ- ‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा अब सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’।

प्रकाशित मिति February 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।