‘महानायिका’ घोषित भइन करिश्मा

पोखरा- चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा महानायिका घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायिका घोषित भएकी हुन् ।

महानायिका घोषित भएपछि आफूलाई महानायिका घोषित गरेकोमा नायिका करिश्माले खुसी व्यक्त

महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।

महानायिका घोषित भएपछि आफूलाई महानायिका घोषित गरेकोमा नायिका करिश्माले खुसी व्यक्त गरेकी छन् ।

साथै उनले आयोजक टिमलाई पनि धन्यवाद दिएकी छन् । कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वरिष्ठ चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।

प्रकाशित मिति February 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।