पुजा शर्माको चलचित्र ‘रामकहानी’ युट्युबमा….

अभिनेत्री पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा रहेको गतबर्षको सुपरहिट चलचित्र ‘रामकहानी’ युट्युबमा आउने भएको छ । सफल चलचित्र मध्यको एक हो रामकहानी ‘तर; युट्युबमा चाडै आउनुको कारण भने, बुढा सुब्बा डिजिटल युट्यब च्यानलमा ३० लाख भन्दा धेरै सस्क्राइबर पुगेपछि दर्शकको लागि प्रतिक्षित फिल्म रामकहानी सार्वजनिक गर्ने जानकारी दिएको छ ।

फिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्म गत बर्ष भदौ २२ गतेबाट देशभर रिलिज भएको थियो । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापा आफैले गरेका हुन।

बुढासुब्बा डिजिटलले चलचित्र ‘रामकहानी’ चाडै आउने जानकारी दिएपनि यो दिनमा रिलिज गर्ने भनेर जानकारीमा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति July 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।