दुलाहा बने मुख्यमन्त्री राई, सार्वजनिक भए यस्ता तस्बिर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।

४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् …

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका-३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए। मुलुककै कान्छो सांसद बनेर राजनीतिमा छलाङ मारेका राईले २०७४ सालसम्म आइपुग्दा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् …

प्रकाशित मिति January 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।