यती सुन्दर र सिम्पल छिन् ‘प्रेम गीत ३’मा छानिएकी क्रिष्टिना गुरूङ, हेर्नुहोस १० तस्विर

लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ नायिकाका रुपमा छनोटमा परेपछि उनको चर्चा हुन थालेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ । २७ सय प्रतिस्पर्धीलाई उछिन्दै नायिकामा चुनिएकी क्रिष्टिनाले अमेरिकाको बाल्टीमोरमा ‘इन्फरमेसन सिस्टम’ विषय लिएर अध्ययन गरिरहेकी थिइन् । प्लस २ पछि थप अध्ययनका लागि अमेरिका गएकी क्रिष्टिना आमा बिरामी परेका कारण नेपाल आउने जाने गरिरहन्थिन् । अमेरिकामा रहे पनि नेपालमै भविष्यको खोजी गरेकी क्रिष्टिनाले अब नायिकाको परिचय बनाउँदै छिन् । सानैदेखि नेपाली चलचित्र क्षेत्रमा चासो राख्ने क्रिष्टिना विदेशमा हुँदा झनै बढी नेपाली चलचित्र क्षेत्रप्रति चासो बढेको धारणा राख्छिन् ।

उनिसँग गरिएको कुराकानीको सम्पादित अंशः

म नै छानिन्छु झैँ त लागेको थिएन तर यो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । छनाैट भएकोमा एकदमै खुशी छु । खुशीको सीमा छैन । पहिलेदेखि नै यो क्षेत्रमा । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो ब्यानरका बारेमा पहिलेदेखि नै थाहा थियो । खासमा म व्यक्तिगत कारणले अमेरिकाबाट नेपाल आएकी थिएँ । फिल्मको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि यतै अडिसन दिने सोचेँ । नेपालमै केही गर्नु छ भनेर मौका खोजिरहेकी थिएँ । विदेशमा हुँदा नेपाली फिल्म र नेपालबारे अझै चासो हुने रहेछ । नेपालबारे अपडेटमा रहन्थेँ । त्यसपछि मलाई कसरी राम्रो गर्छु भन्नेमा मात्र ध्यान थियो । जे होस्, राम्रो भयो ।

हेराै उनका सुन्दर तस्विरः

प्रकाशित मिति June 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।