प्रेमीले आइफोन उपहार नदिएको भन्दै प्रेमिकाले सार्वजनिक स्थलमै ठोकिन् ५२ झापड (भिडियो)

एउटी प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् तर आफूले सोचेको जस्तो नभएपछि प्रेमिकाले सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाएकी छन् । सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमैै चड्कन दिएकी हुन् ।

प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसमा यस्तो घटना भयो। नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।

प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो ।

भिडियो:

प्रकाशित मिति May 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।