नायिका करिश्मा मानन्धर ‘एसइई’ को परीक्षामा पास भएकी छिन्। उनले ‘बी प्लस’ ग्रेड ल्याएकी छिन्। पास भएपछि सरकारी स्कुलमा पढ्ने नायिका मानन्धरले बताइन्। उनले भनिन्, ‘सरकारी कलेजमा जान्छु। सरकारी पढाइ पनि नराम्रो छैन भनेर म समाजलाई सन्देश दिन चाहन्छु।’ सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने भन्ने मानसिकता अझैं रहेकाले त्यसलाई आफूले भत्काउन चाहेको बताइन्।
‘प्लस टू’ मा मानविकी लिएर पढ्ने धोको रहेको उनले बताइन्। उनले भनिन्, ‘म धेरै राम्रो विद्यार्थी पनि होइन। मलाई कुनै डक्टर इन्जिनियर त बन्नु छैन। सामाजिक काम गरिरेहको हुनाले त्यस्तै विषय पढ्छु।’ उनले सोचेभन्दा राम्रो ग्रेड आएकोले खुसीसमेत ब्यक्त गरिन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।