गलबन्दी“पछि अन्जली अधिकारीले कम्मर मर्काएको यो गीत बन्यो सुपरहिट (हेर्नुहोस् भिडियो)

विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना बजारमा आएको छ । बिहीबार आफ्नै युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको हो । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् ।

 

गलबन्दी गीतबाट चर्चाको शिखरमा रहेकी अञ्जलीको कारण पनि भिडियो निकै चल्ने अपेक्षा गरिएको छ । डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । गायक कार्कीले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु । भिडियोमा निकै मिहेनत गरेका छौ ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।

भिडियोः

प्रकाशित मिति June 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।