यी ३ समस्या भएकाहरुले भुलेरपनि नखानुहोस् ओखर

स्वस्थ्यको लागि खाजामा ड्राईफ्रुट्सलाई समावेश गर्नु निकै लाभदायिक मानिन्छ। बदाम, काजु , खजूर र ओखरसँगै, थुप्रै ड्राईफ्रुट्सहरुले स्वस्थ रहन मद्दत गर्दछ।

ओखर हिजो आज यो मुख्य रूपमा केक, कुकीज र अन्य चकलेटका प्रकारहरुमा प्रयोग गरिन्छ। यसमा पाइने पोषण तत्वले धेरै प्रकारका शारीरिक क्षमतालाई बढाउनुका साथै शरीरमा ऊर्जा थप्न मद्दत गर्दछ।

दैनिकरुपमा ओखरको उचित मात्राको प्रयोगले तौल घटाउन, मधुमेहको जोखिम कम गर्न, मुटुलाई स्वास्थ्य राख्न, प्राणघातक रोग क्यान्सरको जोखिम कम गर्न, हाड तथा जोर्नी रोगका बिरामीहरुलाई, पाचन प्रणालीको सुधार गर्न मद्दत गर्दछ।

तर, केहि अवस्थामा भने यसको प्रयोग गर्दा बेफाइदा हुनजान्छ ।

एलर्जी

एलर्जी भएका वा एलर्जी हुने व्यक्तिले कहिल्यै पनि ओखर बढी सेवन गर्नु हुँदैन। एलर्जीको समस्या हुने व्यक्तिहरुले ओखरको सेवन गर्दा छातीमा समस्या आउनुका साथै सास फेर्न पनि कठिनाइ हुने गर्दछ।

चिलाउने

चिलाउने तथा छालामा बिमिरा आउने समस्या भएकाले पनि ओखरको सेवन गर्नु हुँदैन। यसका बोक्रामा यस्तो तत्वहरु हुन्छन्, जसले छालामा रातो दागहरू वा चिलाउनेपन थप निम्त्याउन सक्छ।

छालामा क्यान्सर

ओखरको उचित मात्रामा सेवन नगर्नाले छालाको क्यान्सर हुने जोखिम बढाउने गर्दछ। यस पाइने केहि त्यस्ता तत्वले छालामा नकारात्मक असर पर्नुका साथै छालामा क्यान्सर हुने जोखिम बढाउँदछ।

यो पनि- खोपलाई ७० अर्ब !

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ ? त्यो खोप कति महँगो हुन्छ ? त्यसका आधारमा पनि बजेट भर पर्छ।’ अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ। ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छुट्ट्याइदिन आग्रह गर्नुपर्ने हो कि ? विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं’, प्रवक्ता गौतमले भने।

खोप प्रभावकारी रहेको पुष्टि हुनेबित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको छ। अहिले दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन्।

प्रकाशित मिति November 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।