यी सुन्दर ७ नेपाली नायिका मध्ये, हजुरको नजरमा को उत्कृष्ट ? हेराैँ तस्बिरसहित

नेपाली चलचित्र क्षेत्रमा अहिले नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् ।

तर दर्शकले नै प्रतिस्पर्धाको भावना जगाइदिन्छन् । अहिले चर्चाको शिखरमा केही नायिकाहरु छन् जो निकै डिमाण्डेड नायिकाहरु हुन् । अहिले नायिका स्वस्तिमा खड्कालाई नम्बर वान नायिकाको ट्याग दिइएको छ । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । उनले पारिश्रमिक कति लिन्छिन् भन्ने कुरा भने कसैलाई पनि थाहा हुदैन ।

यस्तै बर्षा राउतको चर्चा चलचित्र जात्रै जात्रा को सफलताले निकै बढाएको छ । उनको डिमाण्ड पनि बढ्न थालेको छ ।
नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक व्यस्त र चर्चित नायिका हुन् । उनले एउटा चलचित्रबाट २० लाख सम्म पारिश्रमिक लिने गरेको चर्चा छ । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।

अब यी मध्य को उत्कृष्ट नायिका हुन् त यो चाँहि दर्शककै हातमा

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिलेकी सबैभन्दा महंगी अभिनेत्रीको रुपमा हेरिन्छ । युवापुस्तामा उनको क्रेज निकै रहेको छ । आँचल शर्मा सबैकी प्रिय नायिका हुन् । अभिनयबाट खासै वाहवाही नपाएपनि आँचलको स्टारडम भने घटेको छैन । प्रियंका कार्की सदावहार चर्चामा रहने नायिका हुन् ।

त्यस्तै नायिका केकि अधिकारीको पनि आफ्ने छुट्टै फ्यान फ्लवइङ छ । हिट फिल्म दिन नसकेपनि उनलाइ मन पराउने दर्शकको कुनै कमी छैन । यी नायिकाहरुमा को भन्दा को उत्कृष्ट भन्ने कुराले चर्चा पाइरहेको हुन्छ । अब यी मध्य को उत्कृष्ट नायिका हुन् त यो चाँहि दर्शककै हातमा ।

प्रकाशित मिति November 22, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।