हेर्नुहोस् डान्सर आश्माका लोभलाग्दा सर्वाधिक सुन्दर १५ तस्वीर

द कार्टुन क्रुजकी आश्मा विश्वकर्मा पछिल्लो समय चर्चामा छिन् । नृत्य कौशलका कारण उनी म्युजिक भिडियोमा चम्केकी छिन् । नेपाली चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की एक मात्रै लेडी सदस्य आश्मा विश्वकर्मा नाचेरै चर्चित बनिन् । पछिल्लो समय उनको फ्यान फलोइङ हेर्ने हो भने कुनै चर्चित नायिकाको भन्दा कम छैनन् ।

डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् ।

कसैको पनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढी हेरिन्छ ? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन । तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेकी नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की महिला पनि हुन् ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्माको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ । त्यही भिडियो ९ करोड नजिक भ्युअर पुगेको छ । आश्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् ।

द कार्टुन क्रुजमा आवद्ध आश्मा म्युजिक भिडियोका माध्यमबाट लाखौंमाझ पुगेकी आश्माको रुपको पनि चर्चा हुने गर्छ ।

प्रकाशित मिति November 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।