यी नायिका आफुले खेलेको फिल्म हेर्न नपाउँदै १९ बर्षमै छाडेकी थिइन् संसार !

एकसमय बलिउडमा निकै धमाका मच्चाकएकी नायिका हुन दिव्या भारती । १६ बर्षकै कलिलो उमेरमा फिल्मी करियर शुरु गरेकी दिव्याले छोटो समयमा नै धेरै फिल्ममा अभिनय गरेकी थिइन् ।

फेब्रुअरी २५, १९७४ मुम्बईमा जन्मेकी दिव्या बलिउडकै सफल नायिकामा गनिने गर्थिन् । अभिनेत्री दिब्या भारतीको १९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो।

हिन्दी र तेलगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँलाई दिवाना बनाउन सफल भएकी थिइन्।

उनको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो। तर यो ह त्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ।

त्यससमय उनको निधनले बलिउड शोकमय बनेको थियो । निधन भएपछि भने उनको फिल्म शतरंज रिलिज भएको थियो । उक्त फिल्म निधन भएको ९ महिना पछि रिलिज भएको थियो । दिव्याले आफुले खेलेको फिल्म शतरंज हेर्न पाइनन् ।

बलिउडमा उनको अझैपनि चर्चा र सम्झना भइरहन्छ ।

प्रकाशित मिति November 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।