बिश्वकै नं १ सुन्दरी बन्न सफल दिपिकाको बोल्ड अवतार, हेराैँ १० तस्बिर

२०१९ मा टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्यो । टाइम म्यागेजिको प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परिन् ।

दीपिका एक मात्र अभिनेत्री हुन जसले सूचीमा आफूलाई समावेश गरेकी छिन । यस वर्षमा झेलेको समस्याका बावजुद दीपिका पादुकोणले सफलताको उचाई चढेकी छिन् ।

दीपिकाको फिल्म ‘पद्यावत’ले छाँयाकंनदेखि प्रदर्शनको समयसम्म जति विवादको सामना गर्नु प¥यो । त्यस फिल्मले बक्स अफिसमा बलिउडका अन्य फिल्मको किर्तिमान तोड्दै सर्वाधिक व्यापार गर्‍यो । यस अघि सन् २०१७ मा दीपिकाले हलिउडमा समेत डेब्यू गरेकी थिइन । उनले फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ मा भिन डिजेलका साथ डेब्यू गरेकी थिइन ।

टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा, एक किसिमको केमिस्ट्रि देखेको थिएँ ।

कुनै बेला गरिएको विशेष बाचा पूरा भएको जस्तै महशुस भएको थियो । त्यस बेला दीपिकाको तालिका त्यस फिल्मसँग मिलिरहेको थिएन तर पनि उनले हिम्मत हारिनन् । जब उनलाई ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर’ का लागि चुनियो, उनले भनेकी थिइन ‘मेरो यो फिल्म गर्नु भन्दा अगाडि एउडा शर्त छ, त्यो तपाईँले पूरा गर्नुपर्छ ।

शर्त यो हो की पहिले तपाईँले भारत आउनु पर्नेछ । किनकी मैले फिल्म गर्नु भन्दा अगाडि भगवानलाई धन्यवाद दिन आउने बाचा गरेकी थिएँ ।

हेर्नुहाेस् केही तस्विरहरूः

प्रकाशित मिति November 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।