‘भ्वाइस अफ नेपाल’बाट निकालिएपछि खानै नदिएको भन्दै पोखिन् अभयाले यस्तो आक्रोश (भिडियोसहित)

एक भिडियो सार्वजनिक गर्दै गायिका सुब्बाले भ्वाइस अफ नेपालको व्यवस्थापन राम्रो नभको समेत आरोप

गायिक अभया सुब्बाले आफ्नो मान सम्मानमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चोट पुर्‍याएको बताएकी छिन् । रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोचको रुपमा रहेकी अभयालाई दोस्रो सिजनमा टीममा नराखेपछि उनी आक्रोशित भएकी हुन् । आफूलाई दोस्रो शोमा राख्नु नराख्नु महत्वपूर्ण नभएको भन्दै अभयाले तर त्यसबारे बेलामै जानकारी नगराएको भन्दै आपत्ति जनाएकी छिन् । भ्वाइले आफ्नो मानमर्दन गरेको उनको आरोप छ । एक भिडियो सार्वजनिक गर्दै गायिका सुब्बाले भ्वाइस अफ नेपालको व्यवस्थापन राम्रो नभको समेत आरोप लगाइन् ।

आफूले पहिलो सिजनमा धेरै दुःख गरेको भन्दै अभयाले त्यसको दण्ड पाएको बताइन् । ‘अन्तर्राष्ट्रिय शोमा पनि हामी प्रोफेसनल बन्न सक्दैनौं भने के हुन्छ’ भन्दै प्रश्न

उनले आफू दोस्रो सिजनमा नहुने कुरा सञ्चारमाध्यमहरुबाट जानकारी पाएको र यसले आफूलाई दुखित बनाएको बताएकी छिन् । फाइनल हुनुभन्दा तीन महिना अघि नै आफू व्याण्डसहित अस्ट्रेलिया जानुपर्नेबारे पूर्व जानकारी गराएको भएपनि अहिले फाइनलमा नभएका कारण हटाएको भन्ने कुप्रचार गरिएको उनको भनाइ छ । आफूहरुलाई अप्रिल मार्चमा बोलाएको भएपनि त्यो बेलामा शो शुरु नभएको र जुलाईमा मात्र शुरु भएको बताइन् ।
सनुप र आफूलाई टीममा नराख्नेबारे भ्वाइबाट थाहा नपाएको र उनीहरुले आफूहरुलाई जानकारी नगराउँदा दुख लागेको अभयाले बताइन् ।
आफूले पहिलो सिजनमा धेरै दुःख गरेको भन्दै अभयाले त्यसको दण्ड पाएको बताइन् । ‘अन्तर्राष्ट्रिय शोमा पनि हामी प्रोफेसनल बन्न सक्दैनौं भने के हुन्छ’ भन्दै प्रश्न गरिन् ?

उनले भनिन्,‘जसले धेरै काम गर्छ वा जो खट्छ त्यसलाई निकाल्ने रहेछन् । तर सोझा मानिसले पनि आफ्नो अधिकार पाउन जरुरी छ ।’ अभयाले आफूलाई अन्य नयाँ आएका कोचहरुसँग कुनै गुनासो नहुने बताइन् । नयाँ आएकाहरु राम्रो रहेको भन्दै उनले भ्वाइसको कार्यशैलीप्रतिमात्र आफ्नो असन्तुष्टि रहेको बताइन् ।

‘विहान ७ बजे गयो बेलुका ७ बजे खान पाइन्थ्यो’ उनले प्रश्न गरिन्,‘खान दिएपनि नदिएपनि त्यत्रो एक वर्ष काम गरेको परिवारको मानिसलाई बोलाएर भन्नु पर्छ कि पर्दैन ?’

भ्वाइस अफ नेपालको व्यवस्थापन निकै फितलो रहेको भन्दै आक्रोशित बनेकी अभयाले आफूलाइ बेलामा खान पनि नदिएको आरोप लगाइन् । ‘विहान ७ बजे गयो बेलुका ७ बजे खान पाइन्थ्यो’ उनले प्रश्न गरिन्,‘खान दिएपनि नदिएपनि त्यत्रो एक वर्ष काम गरेको परिवारको मानिसलाई बोलाएर भन्नु पर्छ कि पर्दैन ?’ ‘अन्तर्राष्ट्रिय भ्वाइसमा यस वर्ष आडम थिएन । पहिला नै घोषणा गरिएको थियो यस वर्ष उनी छैनन् भनेर । तर यहाँ जानकारी गराइने यसले मेरो अपमान गरेको छ’ अभयाले भनिनन् ।

सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन टुमा रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । उनीहरुको सट्टामा राजु लामा र आस्था राउतलाई भ्वाइ अफ नेपालले भित्र्याएको छ ।

भिडियोः

प्रकाशित मिति June 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।