पछिल्लो पुस्ताका सुन्दर ८ अभिनेत्रीः को होला उत्कृष्ट ?

नेपाली चलचित्र क्षेत्रमा कुन नायिका उत्कृष्ट भनेर चर्चा हुने गर्छ। अहिले केहि नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् । तर दर्शकले नै प्रतिस्पर्धाको भावना जगाइदिन्छन् । अहिले चर्चाको शिखरमा केही नायिकाहरु छन् जो निकै डिमाण्डेड नायिकाहरु हुन् ।

जसमध्ये अहिले नायिका स्वस्तिमा खड्कालाई नम्बर वान नायिकाको ट्याग दिइएको छ । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । यसैक्रममा हामीले केहि नेपाली उत्कृष्ट नायिकाको चर्चा गर्दैछाै ।

स्वस्तिमा खड्का

अहिले नायिका स्वस्तिमा खड्कालाई नम्बर वान नायिकाको ट्याग दिइएको छ । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । उनले पारिश्रमिक कति लिन्छिन् भन्ने कुरा भने कसैलाई पनि थाहा हुदैन र उनी बताउन पनि चाहन्नन् ।

बर्षा राउत

बर्षा राउतको चर्चा निकै छ । उनको डिमाण्ड पनि बढ्न थालेको छ । तर उनी तत्काल चलचित्र गर्ने मुडमा भने छैनन् । उनि बिवाहपछि नयाँ जीवनको सुरूवात गरेकी छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञीलाई अहिलेकी सबैभन्दा महंगी अभिनेत्रीको रुपमा हेरिन्छ । युवापुस्तामा उनको क्रेज निकै रहेको छ । पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन् हुन् साम्रज्ञी । उनलाई महँगी अभिनेत्रीको रूपमा पनि चर्चा गरिन्छ । ‘ड्रिम्स’ चलचित्रबाट अभिनयमा डेब्यु’ गरेकी साम्राज्ञीको ‘ड्रिम्स’पछि अर्काे सफल चलचित्र ‘एक मेरो हजुर २’ हो । उनले ‘तिमीसँग’ चलचित्रबाट भने सफलता हात पार्न सकिनन् । तरपनि उनको फिल्ममा माग उच्च छ ।
पूजा शर्मा

नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक व्यस्त र चर्चित नायिका हुन् । उनले एउटा चलचित्रबाट २० लाख सम्म पारिश्रमिक लिने गरेको चर्चा बजारमा छ । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।

आँचल शर्मा

आँचल पनि धेरै फ्यान फलोअर्स भएकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै ‘नाइँ न भन्नु ४’ बाट अभिनय डेब्यु गरेकी हुन् । त्यसपछि ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा उनी देखिएकी थिइन् । आँचल अभिनित सफल चलचित्र ‘शत्रु गते’ हो । तर सफलताको श्रेय भने उनले पाइनन् । अभिनेता पल शाहसँग चलचित्र र म्युजिक भिडियो जोडी बाँधिएर देखिपछि निकै चर्चित बनेकी उनि हाल डा उदिप श्रेष्ठसँग बिवाह गरेर नयाँ जिवनको सुरूवात गरेकी छन् ।

उपासाना सिंह ठकुरी

चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासाना सिंह ठकुरीले । चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए ।

उपासना त्यसपछि चलचित्र कबड्डी कबड्डी कबड्डी मा अभिनय गरिन् । कबड्डी कबड्डी कबड्डी की उनी सिंगल नायिकाका रूपमा देखिइन । उक्त चलचित्र निकै सफल समेत भयो ।

जसिता गुरुङ

जसिता केही प अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिली’बाट चलचित्र क्षेत्र भित्रिएकी हुन् । पोखरामा जन्मिए पनि यूकेमा हुर्के बढेकी उनको ‘लिलिबिली’ अभिनय दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाटै दर्शकको रोजाइमा पर्न सफल उनी अहिले यूकेमै छिन् । उनि अभिनित चलचित्र ‘लभ स्टेसन’मा पनि राम्रै चर्चा पायो ।

सुहाना थापा

अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत् आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् । उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् । उक्त फिल्मले सफलता पाएपछि उनको चर्चा पनि छ ।

प्रकाशित मिति November 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।