‘गलबन्दी’ गीतको बिबाद टुगियो, शम्भु राई र प्रकाश सपुतविच भयो यस्तो सहमती

सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश

गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ ।

हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने अािर्थक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार

सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ । यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने अािर्थक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकविच भएको छ । योसँगै ‘गलबन्दी’ विवादमा देखिएको शम्भु र प्रकाशको लफडा किनारा लागेको छ ।

प्रकाशित मिति June 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।