यी हुन नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने १० कलाकार

पछिल्लो समय कोरोनाका कारण केहि असर परेपनि नेपाली चलचित्र क्षेत्र बिकासको प्रवल सम्बभवना देखिदै गएको छ ।

यसैक्रममा हामीले चलचित्र क्षेत्रका केहि युवा कलाकारको चर्चा गर्दैछौँ, जो चलचित्र क्षेत्रमा राम्रो सम्भावनासहित भित्रिएका छन् र जसले अभिनयमार्फत चलचित्र क्षेत्रको लिड गर्न सक्ने सम्भावना देखाएका छन् ।

अनमोल केसी
अनमोल पछिल्लो समयका एक चर्चित नायक हुन् ‘होस्टल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका केसी युवायुवतीका डुकढुकी नै हुन् । वर्षमा एक मात्र चलचित्र अभिनय गर्ने उनको ‘गाजलु’, ‘ड्रिम्स’ ‘कृ’ ‘क्याप्टेन’ ‘ए मेरो हजुर ३’ राम्रै सफलता पाए।

प्रदीप खड्का

अभिनेता प्रदीप पनि युवा युवतीमाझ निकै लोकप्रिय छन्। प्रदीपका लागि निर्माता निर्देशकप्रति चलचित्र ४० लाख तिर्नसमेत तयार छन् । ‘प्रेम गीत, ‘प्रेम गीत २’ र ‘लिलिबिली’ जस्ता लगातार सफल चलचित्र दिएका प्रदीपको चलचित्र ‘लभ स्टेसन’ ले पनि राम्रै चर्चा पायो । उनि पछिल्लो समय प्रेम गीत ३ मा ब्यस्त थिए तर कोरोनाका कारण रोकिएको छ ।

पल शाह

पल पनि धेरै फ्यान फलोअर्स भएका लोकप्रिय हिरो हुन् । म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेका पलले चलचित्रमा भने त्यति कमाल देखाउन सकेका छैनन् । ‘नाइँ न भन्नु ल–४’ बाट अभिनयमा डेब्यु गरेका पलका ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ लगायत चलचित्रसमेत बाहिर आए । तर भनेजस्तो सफलता उनको हात लाग्न सकेन ।तरपनि फिल्ल्ममा उनको माग उच्चा छ । उनि पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’मा देखिएका छन् ।

आकाश श्रेष्ठ

आकाश पनि युवापुस्ता राम्रै आसा गरिएका कलाकार हुन् । मोडलिङ हुँदै अभिनयमा डेब्यु गरेका उनको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ हो । राम्रो लुक्स भएका कारण पनि उनी लगातार चलचित्र पाउन सफल छन् । उनको अभिनय रहेको ‘तिमीसँग’ केही पहिले प्रदर्शनमा आएको थियो तर सफल हुन सकेन । उनी अभिनित चलचित्र ‘ब्ल्याक’, ‘रामकहानी’ र ‘ड्रिम गर्ल’ त्यती नचलेपनि पोइ पर्यो कालेले राम्रो चर्चा पायो ।

सलिमान बाँनिया

सलिमान चलचित्र क्षेत्रले आस गरेका अर्काे हिरो हुन् । ‘ए मेरोे हजुर–२’ बाट अभिनयमा डेब्यु गरेका सलिमानको पहिलो चलचित्र नै हिट भयो । चलचित्र चलेपछि उनी रातारात चर्चित मात्र बनेन्, डिमान्डका हिरोसमेत भए । पहिलो चलचित्रबाटै दर्शकमा धेरै क्रेज बनाउन सफल उनी युवायुवतीका मनपर्ने हिरो पनि हुन् । उनी त्यसपछि निर्माता केशव भट्टराईको चलचित्र ‘यात्रा’मा देखिए तर फिल्मले भने जस्तो सफलता पाउन सकेन तरपनि उनि निकै डिमाण्डको नायक हुन ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन् हुन् साम्रज्ञी । उनलाई महँगी अभिनेत्रीको रूपमा पनि चर्चा गरिन्छ । ‘ड्रिम्स’ चलचित्रबाट अभिनयमा डेब्यु’ गरेकी साम्राज्ञीको ‘ड्रिम्स’पछि अर्काे सफल चलचित्र ‘एक मेरो हजुर २’ हो । उनले ‘तिमीसँग’ चलचित्रबाट भने सफलता हात पार्न सकिनन् । तरपनि उनको फिल्ममा माग उच्च छ ।

आँचल शर्मा

आँचल पनि धेरै फ्यान फलोअर्स भएकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै ‘नाइँ न भन्नु ४’ बाट अभिनय डेब्यु गरेकी हुन् । त्यसपछि ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा उनी देखिएकी थिइन् । आँचल अभिनित सफल चलचित्र ‘शत्रु गते’ हो । तर सफलताको श्रेय भने उनले पाइनन् । अभिनेता पल शाहसँग चलचित्र र म्युजिक भिडियो जोडी बाँधिएर देखिपछि निकै चर्चित बनेकी उनि हाल डा उदिप श्रेष्ठसँग बिवाह गरेर नयाँ जिवनको सुरूवात गरेकी छन् ।
उपासाना सिंह ठकुरी

चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासाना सिंह ठकुरीले । चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए ।

उपासना त्यसपछि चलचित्र कबड्डी कबड्डी कबड्डी मा अभिनय गरिन् । कबड्डी कबड्डी कबड्डी की उनी सिंगल नायिकाका रूपमा देखिइन । उक्त चलचित्र निकै सफल समेत भयो ।

जसिता गुरुङ :

जसिता केही पहिले प्रदर्शित अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिली’बाट चलचित्र क्षेत्र भित्रिएकी हुन् । पोखरामा जन्मिए पनि यूकेमा हुर्के बढेकी उनको ‘लिलिबिली’ अभिनय दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाटै दर्शकको रोजाइमा पर्न सफल उनी अहिले यूकेमै छिन् । उनि अभनित चलचित्र ‘लभ स्टेसन’मा पनि राम्रै चर्चा पायो ।

सुहाना थापा

अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत् आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् । उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् । उक्त फिल्मले सफलता पाएकपछि उनको चर्चा पनि निकै बढेको छ ।

प्रकाशित मिति November 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।