बिवाहपछि सबै हराउछन् तर यी ७ सुन्दरी सफल नायिका बने

धेरै अभिनेत्रीहरुले विवाह अघि नै फिल्ममा अभिनय गर्न थालेका हुन्छन् । विवाह अघि खेलेका फिल्महरु धेरैले दर्शकले रुचाउने पनि बताइन्छ । धेरै अभिनेत्रीहरु विवाह गरेपछि फिल्म क्षेत्रबाटै टाढा रहने गर्छन् । किनकी विवाहपछि अभिनेत्रीहरु घर सम्हाल्न नै व्यस्त हुन्छन् ।

बलिउडमा पनि यस्ता धेरै अभिनेत्री छन् जुन विवाहपछि फिल्म क्षेत्रबाट टाढीएका छन् । तर कुनै यस्ता अभिनेत्री पनि छन् जुन विवाह गरेपछि मात्र फिल्म क्षेत्रमा पाइला टेके ।

अदिति राव –

हैदरी अभिनेत्री अदिति राव हैदरीले वाजिर फिल्मबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । तर खासै चर्चामा आउन सकिनन् । जे होस् उनि बिवाहपछि नायिका बनेकी हुन् ।

सन्नी लियोनी –

अभिनेत्री सन्नी लियोनी बिवाहपछि बलिउडमा नायिका बनेकी हुन् । उनले २०१२ मा फिल्म जिस्म २ बाट अभिनय शुरु गरेकी थिइन् । उनले जैकपॉट, रागिनी एमएमएस २, हेट स्टोरी २, कुछ कुछ लोचा है लगायतका १५ बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतले पनि बलिउडमा विवाहपछि मात्र पाइला टेकेकी थिइन् । उनले फिल्म जीना सिर्फ मेरे लिए बाट अभिनय शुरु गरेकी थिइन् । उनी पहिलो म्युजिक भिडियो मार डाला बाट चर्चामा आएकी थिइन् । तर केही फिल्महरु खेलेपछि भने उनी हराइन् ।

माहि गील

अभिनेत्री माहि गीलले पञ्जाबि फिल्मबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । उनी फिल्म साहेब बिवि र ग्या.ङ्गस्टर बाट चर्चामा आएकी थिइन् ।

डिम्पल कपडीया

त्यस्तै अभिनेत्री डिम्पल कपडीया, मौसमी चटर्जीले पनि बलिउडमा आउनु अघि नै विवाह गरेका थिए ।

मुनमुन सेन

अभिनेत्री सेनले कुछ तो है फिल्मबाट बलिउडमा प्रबेश गरेकी थिइन् । उनले ज़ख्मी दिल, इरादा, वक्त का बादशाह, शीशा, जाल लगायतका धेरै फिल्ममा अभिनय गरेकी छिन् ।

प्रकाशित मिति November 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।