४ वर्षमै राजनितीबाट थाकिन करिश्मा, पार्टी परित्यागको घोषणा

अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् ।

‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु’ अभिनेत्री करिष्माले भनिन् ‘लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’ व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ ।

करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । रातोपाटी

प्रकाशित मिति May 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।