यी ५ बलिउड नायिका: जसको सुन्दरताको ‘रहस्य’ के होला ?

बलिउड अभिनेत्रीहरुले आकर्षक अनुहार, सुडौल शरीरसहित जवान देखिन के गर्छन् ? यो धेरैको चासोको बिषय हो । यसको रहस्य उचित खानपान, नियमित व्यायाम र प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग नै हो

अधिकांश बलिउड अभिनेत्री योग साधना गर्छन् । उनीहरुमध्ये कतिपयमा त फिटनेसको लत नै छ भनिन्छ ।

प्रियंका चोपडा

छालालाई चम्किलो राख्नका लागि प्रियंकाले अनुशासित दिनचर्या पालना गर्ने बताउँछिन् । सन्तुलित खानपान, नियमित व्यायाम अपनाउँछिन् । छालालाई स्वस्थ्य राख्नका लागि कागती पानी, नरिवल पानी, सेवन गर्छिन् ।

ऐश्वर्य राय बच्चन

ऐश्वर्य सौन्दर्यका लागि प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् । उनी आफ्नो छालाको मृ-त्त कोशिका हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् । यसका साथै उनी घरमा आफै फेस मास्क र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजर र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् ।

दीपिका पादुकोण

दीपिका हरेक दिन आफ्नो छाला, कपाल एवं अनुहारको सौन्दर्यका लागि विशेष तालिका पालना गर्छिन् । उनी प्राकृतिक उत्पादन एवं घरेलु विधी अपनाउन मन पराउँछिन् । दीपिका नरिवल तेलले नियमित मसाज गर्छिन् ।

कैटरिना कैफ

कैटको स्वस्थ र चमकदार छालाको राज सन्तुलित एवं पोषिलो खाना र प्राकृतिक उत्पादन नै हो । उनी मिनरल फेस प्याक प्रयोग गर्छिन् । उनी खानपानमा अधिक सर्तक छिन् । खानेकुरामा पौष्टिकताको ख्याल राख्छिन् । उनी छालाको सौन्दर्यका लागि उसिनेको सब्जी वीटग्रास सेवन गर्छिन् ।

अनुष्का शर्मा

अनुष्काको स्वस्थ्य र चम्किलो छालाको राज प्राकृतिक उत्पादन प्रयोग नै हो । उनी नीम पाउडर, दही, गुलाब जल र दुधले बनेको नीम फेसप्याक प्रयोग गर्छिन्, घरमै बनाएर ।

प्रकाशित मिति November 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।