क्युट आँचल कुल आँचल, हेराैँ लोभ्याउने १२ तस्बिर

नेपाली चर्चित नायिका आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन्। उनले अभिनय गरेकाे पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा बिबाह बन्धनमा बाँधिएकि छन् । डा.उदीप श्रेष्ठसँग गहिरो प्रेममा रहेकी अाँचल उदिपसँग बिबाह गरिसकेकि छिन् । आँचल र उदीपको भेट भएको झण्डैं २ बर्ष भएसँगै उनीहरुले बिहे गरेका हुन् ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

सामाजिक सजालमा पनि उत्तिकै सक्रिय उनको लोभलाग्दो फ्यान फ्लवइङ छ जहाँ उनको सुन्दरताको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

समाजिक संजालबाट लिएका केहि सुन्दर तस्बि हेराैँ

प्रकाशित मिति November 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।