यी ६ अंगमा भुलेरपनि नलगाउनुहोस् हात, हुनसक्छ यस्ता असर

आफ्नै स-साना गल्ती, नराम्रो बानीले गर्दा हामी रोगको शिकार हुनसक्छौँ । शरीरको कुनै भाग यस्तो संवेदनशील हुन्छ, जहाँ हात
लागउँदा तपाईलाई समस्या आउनसक्छ । कुन अंगमा हात लगाउदा के नोक्सान हुन्छ ।

कानमा

आफ्नो कानमा औँला तथा कुनै पनि कुरा घुसाउनहुँदैन । यसरी कानमा कुनै पनि चिज घुसाउँदा कानभित्रको झिल्ली फुट्न सक्छ ।

अनुहार

हात पटक–पटक अनुहारमा लगाउने बानी हुनसक्छ । तर हातको औँलाबाट अनुहार टाढा राख्नुपर्दछ । हातको औँला रोगका किटाणु भएको ठाउँमा पनि राखिएको हुन्छ । यसकारण हात अनुहारमा राख्दा तपाईंलाई असर गर्नसक्छ ।

नि-तम्बमा हात नराख्नु

धुन तथा पुछ्नुबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । यहाँ जीवाणु पाइन्छ जुन हानिकारक हुनसक्छ । यदि कुनै कारण तपाईं नितम्ब छुनुभयो भने तुरुन्तै हात धुनुपर्छ ।

आँखा

आँखामा केही पर्याे भने वा धुने बेलामा मात्र हात लगाउनुहोस् । अन्यथा हात आँखामा पुर्याउन तथा चलाउनुहुँदैन । तपाईं यसो गर्नुहुन्छ भने आँखामा हानिकारक जीवाणु प्रवेश गर्नसक्छ । यसले तपाईंको आँखामा असर पार्न सक्छ । त्यसैले कहिल्यै पनि आँखामा छुने चलाउने गर्नुहुन्न ।

मुखमा

तपाइ पटक–पटक हातका औंला मुखमा लाने गर्नुहुन्छ, अधिकांशको बानी यस्तै हुन्छ । तर युकेको एक अध्ययन अनुसार मुखमा औंला राख्ने बानीले गर्दा एकतिहाइ किटाणु शरीरभित्र प्रवेश गर्ने देखाएको छ ।

नाकमा

आफ्नो नाकमा औंला राख्दा शरीरमा स्टाफाइलोकाकस आरस नामक ब्याक्टेरिया प्रवेश गर्ने बढी सम्भावना हुन्छ । यो एक खतरनाक ब्याक्टेरिया हो । यसले शरीरको जुनसुकै भागमा असर गर्न सक्छ ।

यो पनि- सुत्ने समयमा आफ्नो नजिक यी ५ चिज राख्दै नराख्नुहोस् !

बास्तु शास्त्रले रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा नलाग्नुका साथै अन्य नकारात्मक असर गर्छ ।

जुत्ता–चप्पल:
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै छ भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ ।

पानीको जग:
सिरानी नजिकै पानीको जग राख्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।

तेल:
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् ।

ऐना
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन ।

मोबाइल/ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने बताउँछ ।

प्रकाशित मिति November 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।