चर्चित चक्लेटी गायिका कल्पना दाहालको सुन्दरता (फोटो फिचर)

चर्चित दोहोरी गीतमा चर्चित चक्लेटी गायिका हुन कल्पना दाहाल । काँठे गीत नेपालको ४५ जिल्लामा गाइन्छ । काठमाडौं उपत्यका र यसका आसपासका जिल्लाहरु ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, यता नुवाकोट, धादिङ, मकवानपुरलगायतका जिल्लाहरुमा यो गीतको बर्चश्व रहेको छ ।

काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले शब्द–शब्दमा प्रेम भाव, विछोड, मार्मिक, सन्देशमूलक गीत गाएर दर्शकलगायत स्रोताहरुको मन जितेको पाइन्छ

काँठे लोक दोहोरी गीत महोत्सवमा प्रथम स्थान ओगट्न सफल पनी मानिन्छ। चैत्र ११ गतेदेखि देश लकडाउनमा परेपछि अहिले जात्रा, महोत्सव, पिकनिक सबै बन्द छन् । कलाकारहरुले आफ्नो प्रस्तुती राम्रोसँग पनि दिन पाएका छैनन् ।

इलेक्ट्रोनिक मिडिया, टेलिभिजन, सामाजिक सञ्जालका माध्यमहरु युटुवलगायतबाट मात्र कलाकारहरुको प्रस्तुती देख्न र सुन्न पाइन्छ । त्यसो त काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित कल्पना दाहालले गाउने गीतहरु छाडा छैनन् ।

गीतको लयमा, शब्दचयनमा पछाडिको थेगो मात्र नमिलाएर अगाडिदेखि नै ठाउँ, परिवेश, माया, प्रेम आदिका शब्दहरु चयनमा अभिभावकहरु, गाउँले दिदी बहिनीहरु, दाजुभाइहरुले वन, पाखामा पनि सोही किसिमले गीत गाउने हुँदा त्यसकै छाप, त्यसकै सिको दोहोरी गरेको पाइन्छ ।

प्रकाशित मिति November 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।