बास्ताविक जीवनमा नै आमा बन्दै रक्षा, जिग्रीले गरे खुलासा [भिडियो]

हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ । उनि गर्भवती भएको कारण नै उनी रियालिटी शो डान्सिङ वीथ द स्टारबाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो । गर्भवती भएका कारण उनी अब छिट्टै
पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको जीग्री र पाँडेले जानकारी दिए ।

उनी भद्रगोलबाट निकै चर्चामा अाएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ५ दर्जन भन्दा बढी विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।

भिडियोमा हेराैँ

20

प्रकाशित मिति November 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।