थाईल्याण्डमा आयुष्मानको अंगालोमा बाँधिने हिरोइन को हुन् ?

फिल्म सानो मन युनिट गत सातादेखि थाईल्यान्डको राजधानी बैंककमा छ । फिल्मको शिर्ष गीत र केही दृष्यको अहिले त्यहाँ छायांकन भइरहेको छ ।

पतायाको समुन्द्री किनारमा गीतको छायांकन गरिएको छ । सार्वजनिक गीतका तस्बिरहरुमा फिल्मका नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् । यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

यो फिल्मको छायांकन आलोक शुक्लले गरिरहेका छन् ।
निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाईरहेको छन् । यो फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ ।

प्रकाशित मिति May 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।