पाका पुरुषप्रति किन हुरूक्कै हुन्छन् युवती ?

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला त खोज्छन नै महिलाहरु पनि आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् ।

एक अध्ययनले पति यस्तो देखाएको छ। किन पाको पुरूष रोज्छन् त महिला रू यस्ता छन् कारण

सुरक्षित
केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । यसमा मुख्य कारण हो सुरक्षा । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

समझदारी
महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

ज्ञान
आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

शान्ति महसुस्
साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

धोका नदिने
कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।

अनुभवी
महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । एजेन्सी

यो पनि- यो एक घरेलु उपायः जुन लगाएपछि झर्दै झर्दैन कपाल

जवानी मै कपाल झर्ने समस्या धेरैको टाउको दुखाइको बिषय बनिरहेको हुन्छ । धेरैले मँहगो स्याम्पु र उपचार गरिरहेका हुन्छन् । तर हामीले घरेलु बिधिबाट नै यो समस्याको समाधान गर्न सकिन्छ ।

हामी घरेलु उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।

मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ।

यही मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् ।

अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् ।

त्यसपछि मेथी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् । त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस्। अब यसरी तयार भएको पेस्टलाई जुन जुन ठाउँबाट धेरै कपाल झर्ने समस्या आइपरेको छ त्यस ठाउँमा यो पेस्ट लगाउनुहोस् र १० /१५ मिनेटसम्म छोड्दिनुहोस् र समय पुरा भइसकेपछि पानीले धुनुहोस् ।

यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ / ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।

प्रकाशित मिति November 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।