एउटा रहस्यमय गाउँः जहाँ मानिसहरु हिड्दा-हिड्दै निदाउँछन्

सांकेतिक तस्बिर
व्यस्त जीवनशैलीका कारण आराम नपाएर निद्रा लाग्नु स्वभाविक हो । तर विश्वमा यस्तो ठाउँ पनि छन् । जहाँका मानिसहरू जतिबेलै र जहाँ पनि निदाइदिन्छन् । काजकिस्तानको कलाची गाउँका मानिसहरू बोल्दा बोल्दै र हिँड्दा हिँड्दै पनि निदाउँछन् । यहाँका मानिसहरुको निद्रा रहस्यमय बनेको छ ।

कहिलेकाहीँ त मानिसहरू महिनौंसम्म पनि सुतिरहन्छन् । सुतेर जागा हुँदा त्यसअघिका सबै कुरा भुलेका हुन्छन् र अनौठा हर्कत गर्दछन् । यो गाउँको अनौठो निन्द्रा पहिलोपटक सन् २०१० मा सार्वजनिक भएको थियो ।

केही बालबालिकाहरू विद्यालयमा अचानक सुत्न थालेका थिए । त्यसपछि गाउँका अरू मानिसमा पनि एक्कासी निन्द्रा आउने रोग देखा पर्न थाल्यो । मानिसहरू अनायासै निदाउने त्यो समस्या बढ्दै गयो । त्यसयता यो अनौठो रोगका बारेमा उक्त गाउँमा कैयन् शोधकर्ताहरूले खोज अनुसन्धान गरिरहेका छन् ।

र, त्यहाँको युरेनियम खानीका कारण अस्वभाविक निन्द्राको समस्या आएको विश्वास गरिएको छ । युरेनियम खानीबाट निस्कने विकिरण तथा विषाक्त ग्यासका कारण स्थानीय मानिसहरूको स्वास्थ्यमा ग’म्भीर असर परिरहेको र मानिसहरूमा अचा’नक बे’होस हुने समस्यासमेत आएको बताइन्छ । एजेन्सी

यो पनि- ओठको प्रकारबाट थाहा हुन्छ भाग्य र स्वभाव ?

मानिसकाे सुन्दरता बिभिन्न प्रकारले देखाउँछ । महिला र पुरुष दुबैको ओठको आकार हेरेर गो प्य कुरा थाहा पाउन सकिने तरिकाहरु एक अध्ययनले बताएको छ ।

मोटो ओठः जो व्यक्तिको ओठ मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन्। यस्ता मानिसहरु सानो-सानो कुरामा पनि रिसाउने गर्दछन् । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् । कहिलेकाहीँ यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ ।

गु-लाबी ओठः जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन्।

बाहिर निस्किएको ओठः जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलैसँग समाधान निकाल्न सक्दैनन् ।

भित्र पसेको ओठः जसको ओठ सामान्य स्थितिभन्दा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गर्दछन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ ।

रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएका मानिसहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् ।

ठूलो ओठः जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा सौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आ’वेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुने गर्दछ ।

संकुचित ओठः सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन्। बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियाशिल हुने गर्दछन्।

ओठमा कोठी छ भनेः यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिं-गप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको का-मुक विचार आउने गर्दछन् ।

प्रकाशित मिति November 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।