माल्दिभ्सको समुन्द्रमा काजलको हनिमुनः बाहिरिए हट तस्बिर

हालै बिवाह गरेकी अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिभ्स पुगेकी छन् । उनले केहि पहिला गौतम किचलुसँग बिवाह गरेकी हुन् । बिवाहपछ अग्रवाल हनिमुन मनाउन माल्दिभ्स पुगेकी हुन् ।

काजलले माल्दिभ्सको केही तस्बिर इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् । उनको साथमा उनका श्रीमान किचलु पनि बिन्दास मुडमा देखिएकी छन् ।

पतिसँग रोमान्टिक अन्दाजमा देखिएकी काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले निकै रुचाएका छन् ।

काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले सार्वजनिक गरेकी थिइन् ।

सन् २००४ मा फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।

प्रकाशित मिति November 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।