यी हुन् बलिउडका दुध जस्ती गाेरी ७ सुन्दरी [फाेटाे फिचर]

बलिउड क्षेत्र केहि जगतमा अभिनेत्री प्राकृतिक अवतार मै गोरो र सुन्दर हुनु हरेक निकै सुन्दर छन् ।त्यस्तै, जसलाई अाफ्नाे शरिरकाे सर्जरीको कुनै आवश्यकता परेन र उनीहरुले कुनै सर्जरी पनि गराएनन्।

केही अभिनेत्री यस्ता छन् कि जसले आफ्नो पहिलेको सुन्दरतामा निखारता ल्याई अझ सुन्दर देखिनको लागि सर्जरीको मद्दत लिए ।

कहिलेकाहीँ आफ्नो रङ कालो भएकै कारण मानिसहरुका आत्मविश्वास कम हुन्छ। बलिउड चलचित्र उद्योगमा थुप्रै अभिनेत्रीहरु जस्तै शिल्पा शेट्टी, काजोल, प्रियंका चोपडा लगायतका अन्य अभिनेत्रीहरुले फेयर कम्प्लेक्सनको लागि स्किन लाइटनिङ ट्रिटमेन्टको सहारा लिईसकेका छन्।

केही अभिनेत्री भने यस्ता पनि छन् कि जो पहिले देखि नै निकै गोरो थिए र उनीहरु यतिसम्म गोरी र सुन्दर छन् कि सुन्दर देखिनको लागि मेकअपको कुनै आवश्यकता पर्दैन।

तमन्ना भाटिया :

मुम्बईमा जन्मिएकी अभिनेत्री तमन्ना भाटिया दक्षिण भारतीय चलचित्र उद्योगको नाम कहलिएकी अभिनेत्री हुन्। उनले साउथका थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन्। तमन्नाले बलिउड फिल्ममा पनि काम गरेकी छिन्। उनी साउथकी सबैभन्दा गोरी अभिनेत्री हुन्।

मोनिका बेदी :

अन्डरवर्ल्ड डन अबु सलेम र अभिनेत्री मोनिका बेदीको अफेयर लामो समयसम्म चर्चाको केन्द्र बनेको थियो। प्रहरीले गिरफ्तार गरेपछि मोनिका बेदीले पनि अबु सलेमसँगै जेलमा सजाय भोगेकी थिईन्। र बलिउडमा पुनरागमन गरेकी छिन्। मोनिका बेदी पनि बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा पर्छिन्।

ज्याकलिन फर्नान्डिज :

श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिज। ज्याकलिन फर्नान्डिज अहिले बलिउडको लोकप्रिय र प्रसिद्ध अभिनेत्री बनेकी छिन्। आफ्नो छोटो फिल्मी करियरमा उनले ठुला-ठुला चर्चित बलिउड सुपरस्टारहरुसँग काम गरिसकेकी छिन्। ज्याकलिन सुन्दर हुनुको साथै उनको नाम बलिउडको सबैभन्दा गोरी अभिनेत्रीहरुका सूचीमा पनि सामेल छ।

अनुष्का शर्मा :

अनुष्का बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन्। उनी गत वर्षको अन्त्यतिर क्रिकेटका सम्राट विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। अनुष्का शर्माको सुन्दरताको चर्चा गर्ने हो भने उनी निकै सुन्दर छिन् र उनको रङ दूध जस्तै बिल्कुल सेतो छ।

कट्रिना कैफ :

कट्रिना कैफ दुनियाँको सबैभन्दा सुन्दर र प्रसिद्ध अभिनेत्री मध्ये एक हुन्। कट्रिना कैफको सफलता सलमान खानको ठुलो हात छ। सलमान खानले नै उनलाई बलिउडमा ठुलो ब्रेक दिएका थिए। उनी यस समय बलिउडकी सर्वश्रेष्ठ अभिनेत्री मध्ये एक हुन्। कट्रिनाको पनि कम्प्लेक्सन रुवा जस्तै सेतो छ।

आलिया भट्ट :

आफ्ना हरेक फिल्ममा अभिनयको जादू छर्ने अभिनेत्री आलिया भट्ट अहिले बलिउड इन्डस्ट्रीको नम्बर वान हिरोईन हुन्। उनले ‘हाईवे’, ‘डियर जिन्दगी’, ‘हम्प्टी शर्मा की दुल्हनिया’ जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेकी छिन्। गत मे महिनामा रिलिज भएको उनको फिल्म ‘राजी’ बक्स अफिसमा सुपरहिट साबित भएको थियो। आलिया सुन्दर हुनुको साथै उनको पनि रङ दूध जस्तै छ।

करिश्मा कपूर :

करिश्मा ९० को दशकको प्रसिद्ध अभिनेत्री हुन्। करिश्मा कपूर निकै गोरी छिन्। ४४ वर्षको उमेरमा पनि करिश्मा अत्यन्तै सुन्दर देखिन्छिन्।

प्रकाशित मिति November 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।