४८ बर्षमा पनि उस्तै सुन्दर छिन् अबिवाहित निरुता, हेराैँ १२ तस्बिर

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो। उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

चलचित्र ‘दाल भात तरकारी’को प्रचारका क्रममा नायिका निरुता सिंह पछिल्लो समय देखा परेकी थिइन् । राम्रो चलचित्रको अफर आएको खण्डमा अझै पनि काम गर्ने उनले बताइन् । उनले क्याप्टेनको एक गीत र नाई नभन्नु ल ५ चलचित्रमा केमियो भुमिका निर्वाह गरेकी थिइन् ।

अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेको बिषयले पनि चर्चा पाएको थियो। उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् ।

दार्जिलिङमा जन्मिएकी निरूताले नेपाल बसाइको क्रममा कसैले धोती भन्दा आफूलाई नराम्रो लाग्ने गरेको पछिल्ला अन्तरवार्तामा बताएकी थिइन् । उनि भन्छिन् – दार्जिलिङमा बस्ने मान्छेहरूमा नेपालप्रतिको माया र आत्मियता अगाध हुन्छ भने, नेपालले नै आफ्नो परिचय बनाइदिएका कारण उनको लागि नेपाल कर्म दिने आमा हो ।

निरूताले थप अन्य चलचित्रमा खेल्ने चाहना समेत व्यक्त गरेकी छिन् । एक भिडियो अन्तर्वार्तामा बोल्दै उनले, आफ्नो उमेर र समय सुहाउँदो तथा सशक्त फिल्मको अफर आयो भने खेल्ने चाहना व्यक्त गरेकी हुन् ।उनि उमेरले ४८ बर्षमा लाग्दापनि उनको सुन्दरतामा कुनै कमि देखिदैन । उनि हालसम्म अविवाहित नै छिन् ।

प्रकाशित मिति November 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।