१२ तस्बिरमा हेर्नुहोस् नायिका काजल अग्रवालको लोभलाग्दो सुन्दरता

दक्षिण भारतिय चलचित्रककी निकै चर्चित नायिका हुन् काजल अग्रवाल । काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै नहोलान् । उनी प्रायजसो तेल्गु र तमिल चलचित्रमा काम गर्छिन ।

सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ मा नायक विवेक ओबेरोइ र चर्चित नायिका ऐश्वर्य रायसंग आफ्नो फिल्मी यात्रा सुरू गरेकी थिइन् । उक्त फिल्मीमा उनि सहायक नायिकाको भूमिका निभाएकी थिइन्।

त्यस्तै हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ र दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ र पायुम पूली लगायतका उनका दर्जनौ चलचित्र सुपरहिट भएका छन् ।

उनी उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल भएकी छिन् ।

उनी प्रायः सामाजिक संजालमा चर्चामा भइरहने नायिका हुन् कहिले उनको कहिले सुन्दरता त कहिले बिहेको कुराले सामाजिक संजालमा तातिरहेको हुन्छ । उनले केहि दिन पहिला बिवाह गरेकी छन् । उनका श्रीमान ब्यवसायी हुन् । उनले ३ बर्षदेखिको प्रेमलाइ बिवाहमा परिणत गरेका हुन् ।

प्रकाशित मिति November 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।