९० को दशकका यी ५ अभिनेत्रीको सुन्दरताले आजपनि तपाईलाई घायल पार्छ

बलिउड फिल्म उद्योगमा खास गरेर ९० को दशकमा निकै धमाका मच्चाएका केही अभिनेत्रीहरुले आफ्नो अभिनय मार्फत मात्र नभइ सुन्दरताका कारण पनि दर्शकको मन जिते । तिनै अभिनेत्रीहरुको आज ३० बर्ष पछि उस्तै सुन्दरताको चर्चा छ । उनिहरूको सुन्दतरताले अाजपनि धेरैलाइ घायल बनाउनसक्छ ।

उनिहरू पछि धेरै नायिकाहरू अाएगए तरपनि उनिहरूले दर्शकमा छोडेको छाप अझैपनि कमी छैन । उनी बिवाह गरेर अामा पनि बनिसके तरपनि सुन्दरताको चर्चा भने चलिरहेकर् छ । यस्तै ५ नायिकाबारे हामी चर्चा गर्दैछाैँ ।

एश्वेर्या राय

बिश्व सुन्दरी बनिसकेकी एश्वेर्या राय बच्चनको बलिउडमा सबैभन्दा बढी सुन्दरताको चर्चा हुनेगर्छ । उनी सन् १९९७ मा तामिल फिल्म इरुअरबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

उनी सन् १९९४ मा मिस वर्ल्र्ड बनेकी थिइन् । योसँगै एश्वेर्याको फिल्मी यात्रा सफल हुँदै गएको हो । बिवाहपछि फिल्मबाट टाढा हुदैँ गएपनि उनको चर्चामा कुनै कमी छैन ।

माधुरी दीक्षित

माधुरीलाई बलिउड फिल्ममा एक सफल अभिनेत्री हुन । मा उनी ५३ वर्षकी भइसकेकी छन् । तर आज पनि उनको सुन्दरताको चर्चा हुने गरेको छ । माधुरीले फिल्म अबोधबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

काजोल

९० को दशककै अर्की चर्चित अभिनेत्री हुन् काजोल। उनले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट अभिनय यात्रा सुरु गरेकी हुन् । सुरुवातमा काजोलले आफ्नो लुक्सको कारण धेरै आलोचना खेप्नु गरेको थियो ।

तर आजको दिनमा आइपुग्दा उनको सुन्दरतामा धेरै परिवर्तन आएको छ र अहिले पहिलाभन्दा उनको सुन्दरताको चर्चा हुनेगर्छ ।

रवीना टन्डन

९० दशकमा आफ्नो अभिनयबाट दर्शकको मनमा बस्न सफल अभिनेत्री हुन् रविना । उनले सन् १९९२ मा रिलिज भएको फिल्म पत्थर के फुलबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनको सुन्दरतामा पहिलेको भन्दा धेरै परिवर्तन आएको छ । अझै उनको सुन्दरताको तारिफ हुनेगर्छ ।

रानी मुखर्जी

रानीको पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्रकै छ। बुवा राम मुखर्जी फिल्म निर्माता हुन् भने आमा कृष्णा गायिका हुन् । रानीले १९९६ मा १८ वर्षको उमेरमा बंगाली फिल्म ‘बेयर पिया’ बाट डेब्यू गरेकी हुन्। उनको पहिलो बलिउड फिल्म भने ‘राजाकी आएगी बारात’ हो ।

रानीको बिहे सन् २०१४ मा एस राज फिल्म्सका निर्देशक तथा फिल्म निर्माता आदित्य चोपडासँग भएको हो। उनै रानीको सुन्दरताको चर्चा अझैपनि चलिरहन्छ ।

प्रकाशित मिति November 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।