नायिका रुविना थापाको लोभलाग्दा बाेल्ड अवतार, हेर्नुहोस् १२ तस्बिर

नेपाली कलाकारिता क्षेत्रमा मोडलिङबाट अभिनयमा आउने पुरानो परम्पराकी नयाँ सदस्य हुन्, रुबिना थापा । मोडलिङ गर्दागर्दै उनले फिल्म ‘लभ डायरिज’को अफर पाएकी थिइन् ।

फिल्म सफल नभएपनि अभिनयको प्रशंसा भने भइरहेकाे छ । सन् २०१५ बाट मोडलिङमा सक्रिय रुबिनासँग थुप्रै याम्प सोको अनुभव छ । उनी भक्तपुर, बालकोटकी स्थायी बासिन्दा हुन् ।

विभिन्न ब्रान्डको ब्रान्ड एम्बेस्डर र पोस्टर विज्ञापनमा समेत आफूलाई अग्रसर गराउँदै आएकी थापा एक कन्सल्टेन्सिमा करियर काउन्सिलरका रूपमा पनि कार्यरत छिन् ।

उनी मोडलिङ र विज्ञापनमा छाइरहन्थिन् । सोही क्रममा खिचिएको उनको तस्बिर निर्देशक सौरव चौधरीले देखेपछि फिल्म ‘लभ डायरिज’ अफर गरे । फिल्मको कथा राम्रो लागेकाले अभिनेत्री थापाले स्वीकार गरिन् । त्यसअघि अभिनेत्री थापालाई फिल्म अभिनय कहिल्यै नसोचेको विषय थियो ।

एकाएक फिल्म अभिनय अफर भयो । उनले स्वीकार गरिन् । ‘यो, व्यक्ति एक्सपोज हुने एउटा राम्रो प्लेटर्फम वा अवसर रहेछ । यो माध्यमबाट धेरैको आवाज बन्न सकिने रहेछ । धेरैको प्रतिनिधित्व गर्न सकिने रहेछ,’ अभिनेत्री थापाले भनिन् ।

फेसनतिर पनि उनको धेरै रुचि छ । उनी फेसनको फलो पनि गर्छिन् । अभिनेत्री थापाले भनिन्, ‘कुन फेसन चलेका छन् । कुन बजारमा पुरानो भयो । कुन नयाँ भित्रिँदैछ । सबैको जानकारी राख्ने गरेकी छु । मलाई महँगो, सस्तो पहिरनमा केही मतलब छैन । आफूलाई कम्फर्ट हुने पहिरन लगाउँछु । मैले जे लगाए पनि राम्री देखिन्छु ।’ फुर्सदको समयमा उनी विभिन्न लेखकका किताबहरु पढ्छिन् । कोरियन ड्रामाहरु हेर्छिन् । ।

अभिनेत्री थापाले भनिन्, ‘म जली खालकी केटी हुँ । जली भन्नाले एकदमै हाँसिरहनुपर्ने, खेलिहरनुपर्ने बुझ्नुस् न । उमेरभन्दा बढी म्याचर्ड पनि छु जस्तो लाग्छ । किनभने धेरैले यसै भन्छन् ।’ उनलाई के बोलेको छु, के बोल्दै छु भन्ने राम्रोसँग हेक्का राख्ने, अलिकति स्मार्ट, इन्टेलेक्च्युअल केटा मनपर्छ ।

केही वर्षदेखि प्रेममा छु, योभन्दा अगाडि अहिले नभनौँ ।

प्रकाशित मिति November 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।