आयुष्मान र शिल्पाको ‘सानो मन’को गीत रिलिज, बैंककको सुन्दर दृश्यमा रोमान्स (भिडियो)

गीतमा मुख्य कलाकारद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई देख्न सकिन्छ

असारको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को मुख्य गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतमा मुख्य कलाकारद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई देख्न सकिन्छ। सुयोग सोताङ्गको संगीत रहेको गीतमा रोहित जोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द छ ।संगीतकार सोताङ्ले बजारमा चलिरहेका गीत भन्दा केही फरक स्वादमा गीत तयार पारेको बताए ।- नौलो प्रेम बसेपछि यूवायूवतीमा आउने भावमा यो गीत तयार पारिएको छ । चलचित्रमा आयुष्मान र शिल्पाको साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ ।

ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको छ । चलचित्रको छायांकन काठमाण्डौ, भैरहवा र बैंककमा गरिएको छ । यस फिल्ममा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी रहेको छ ।

गितको भिडियो

प्रकाशित मिति June 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।