२३ बर्षे जवानीमा सुहानाको सुन्दरता, हेराैँ १५ तस्बिर

नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको सुपुत्री नायिका सुहाना थापा पछिल्लो समय कम उमेरमै र छोटो समयमै नेपाली फिल्ममा चर्चामा रहेकी नायिका मध्ये उनी एक हुन् ।

नायक अनमोल केसीसँग उनले आफ्नै होम प्रोडक्शनको फिल्म ‘ए मेरो हजुर ३’ बाट रजटपटमा डेब्यु

उनले न त अरु कलाकारले जस्तै संघर्ष गर्नु पर्यो । न कुनै कक्षा वा ट्रेनिङ नै । परिवारमा आमा र बुबा लगातार फिल्ममा सक्रिय रहँदै आएका कारण पनि सुहाना विस्तारै फिल्ममा मोडिएकी हुन् । आफ्नो पढाईलाई निरन्तरता दिन प्लस टु पछि अमेरिका पुगेकी उनको चाहाना शुरुमा फिल्ममा आउने थिएन ।

तर विस्तारै पारिवारीक रमझमका कारण फिल्मी प्रति उनको मोह बढेको बताईन्छ । आमा र बुबाले पनि उनी फिल्ममा आए हुन्थ्यो भन्ने सोच राख्ने गरेको उनले बताएकी थिइन । नायक अनमोल केसीसँग उनले आफ्नै होम प्रोडक्शनको फिल्म ‘ए मेरो हजुर ३’ बाट रजटपटमा डेब्यु गरेकी हुन् ।

तर, सुहानालाई काम गर्न त्यति सजिलो र स्वतन्त्रता भन्ने छैन । उनले तत्कालका लागि होम प्रोडक्शन भन्दा बाहिर काम गर्न पाउने छैनन् । होम प्रोडक्शनमै निर्माण भएका फिल्महरु नै उनको लागि विशेष हुने गरिन्छ । अभिनय औसत गर्ने गरेको दर्शकहरुको प्रतिक्रिया उनी माथी छ ।

डेब्यु फिल्मबाटै चर्चामा रहेकी सुहाना होम प्रोडक्शनकै फिल्म ‘ए मेरो हजुर ४’ मा व्यस्त थिइन । तर लकडाउनको कारण हाल फिल्मको सुटिङ रोकिएको छ ।

२३ बर्षिय जवानीमा हिडिरहेकी सुहानालाइ उनका फ्यानहरूले निकै प्रशंसा गरेर प्रतिक्रिया

उनले मिडियामा भन्ने आफु १९/२० बर्षको बताउदै अाएपनि उनको वास्तविक उमेर २३ रहेको छ । हुन त नेपाली फिल्ममा कलाकारले उमेर लुकाउनु कुनै नौलो कुरा होईन । विशेष गरि नेपाली फिल्मका नायिकाहरुले आफ्नो उमेर कम भन्दै आईरहेको देखिन्छ ।

सुहाना सामाजिक संजालमा पनि निकै सक्रिय छिन । उनले नयाँ नयाँ तस्बिर शेयर गरिरहेकी हुन्छिन् । २३ बर्षिय जवानीमा हिडिरहेकी सुहानालाइ उनका फ्यानहरूले निकै प्रशंसा गरेर प्रतिक्रिया दिने गर्छन् । हेराैँ उनका केहि सुन्दर तस्बिर ।

प्रकाशित मिति October 31, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।