यी दुई राशि हुने युवतीका श्रीमान हुन्छन् अत्यन्तै भाग्यमानी, तपाई पनि पर्नुभयो की ?

पति र पत्नी एक अर्काको परिपुरक मानिने गर्छन् भने धार्मिक रुपमा पनि पत्नीको पतिको जीवन सुधार गर्न ठुलै भूमिका खेल्ने उल्लेख गर्ने गरिन्छ।

पति र पत्नी बीच हुने सामिप्यताले धेरै कुरामा असर गर्ने गर्छ। हरेक मानिसहरुको फरकफरक बानि मात्र मात्र नभई भाग्य पनि फरक हुने गर्छ।

ज्योतिष शास्त्र अनुसार केही यस्ता राशि भएका महिलाहरु हुने गर्छन् जसले आफ्नो पतिको भाग्य चम्काउनको लागि ठुलो भूमिका खेल्ने गर्छन्।

मेष राशि- मेष राशि हुने महिलाहरु प्राय शान्त स्वभावका रहने गर्छन्। जसको पनि भनाइ धेरै गहन रुपमा सुन्ने बानी रहने भएका कारण यस राशिका महिलेहरु -देखि पनि टाढा रहन्छन्।

मेष राशि भएका महिलाहरु आफ्नो पतिलाई गल्ति देख्ने कुनै पनि मौका दिन नचाहने गर्छन्। आफ्नो पतिको धेरै ख्याल गर्ने हुँदा मेष राशि भएका पत्नी पाउने पुरुषलाई धेरै भाग्यमानी गरिन्छ।

कन्या राशि- कन्या राशि हुने महिलाहरु आफ्नो हरेक जिम्मेवारी पूरा गर्न रुचाउने गर्छन्। यस राशिका महिलाहरु आफ्नो पतिको हरेक कार्यमा साथ दिने गर्छन्।

आफ्नो दाम्पत्यजीवनमा धेरै खुशी रहने गर्छन्। आफु पनि छिटै खुशी हुने हुँदा पतिलाई दुखि हुने मौकानै दिदैंनन्।साथै यस राशि भएका महिलाहरुलाई व्यापार धेरै फाप्ने हुँदा पनि आफ्नो पतिको भाग्य चम्काउन सफल हुने गर्छन्

यो पनि- इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

फोटाहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

‘तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । इन्स्टाग्रामले यो विशेषता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।

प्रकाशित मिति October 31, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।