यी ३ राशीका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती !

हरेक पुरुषले आफ्नो जीवनसाथी सुन्दर होस् भन्ने चाहना राख्छन्। तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। सबैले सुन्दरतालाई मात्रै जीवनसाथीको मापक नराख्न पनि सक्छन्।

ज्योतिष शास्त्रअनुसार यी ३ राशिका पुरुषहरुले सुन्दरसँगै गुणवती जीवनसाथी पाउने विश्वास गरिन्छ।

तुला राशि:

ज्योतिष शास्त्रअनुसार तुला राशि भएका पुरुष धेरै भावुक र समझदार हुने पनि गर्छन । यी राशि भएका पुरुषको प्रमुख विशेषता भनेकै आफ्नो सहयात्रीसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुनु हो ।

कर्कट राशि:

कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन् । यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

कर्कट राशिका पुरुष महिलाको चाहना बुझ्न खप्पिस हुने गर्छन्। कस्ती महिलालाई के चाहिन्छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्ने क्षमता राख्ने गर्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन् ।

मकर राशि:

मकर राशि भएका पुरुष धेरै रोमान्टिक हुन्छन्। त्यसमाथि महिलाहरुले खासगरी रोमान्टिक पुरुषलाई धेरै मन पराउने गर्छन्। यी राशीका पुरुषहरुले आफ्नो पार्टनरलाई सरप्राइज दिने मामलामा पनि निकै अगाडी हुन्छन्।

महिलालाई रिसाएको बेला हसाउन आफ्नो मुहारमा बनावटी हाँसो देखाएरै भए पनि आफ्नो खुसी पर्न सक्ने बिशेष क्षमता उनीहरु राख्दछन्।

यो पनि – पुरूषलाई पटक्कै मनपर्दैन महिलाका यी ८ बानी

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन भने महिलालाई मन पर्दा पुरुषलाई मन पर्दैन ।यहाँ पुरुषलाई पटक्कै मन नपर्ने महिलाका यि स्वाभाव आनीबानीका बारेमा चर्चा गरिएको छ ।

–महिलाहरु खित्का छाडेर हास्न मन पराउँछन् । हास्नु राम्रो कुरा पनि हो । तर कतिपय बेला उनीहरुले दिने हाँसोले पुरुषको रिसको पारोलाई ह्वात्तै तत्काउने गर्छ । जव आफुले गरेका गल्ती ढाक्न या लुकाउनका लागि उनीहरुले हाँसेर टार्ने प्रयास गर्छन, त्यतिवेला प्रायः पुरुषलाई उनीहरुप्रति निकै रिस उठ्ने गर्छ ।

– धेरैजसो महिलाहरु बेतुकका कुराहरुलाई पनि उठाइरहन्छन् । उनीहरुले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई उनीहरुको यस्तो बानीले दिक्दारीको उचाइमा छाडिदिन्छ ।

–महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नै सौन्दर्यप्रति समेत विश्वस्त हुन सक्दैनन् । कारण,महिलाहरु बारबार आफ्नो सौन्दर्यताको निगरानी गरिरहन्छन् । उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन पुरुषलाई पटक्कै मन पर्दैन ।

–अधिकांश महिलाहरु आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्न छुटाउँदैनन् । जव पार्टी वा अन्य भेटघाटमा जानै पर्नै हुन्छ त्यतिबेला उनीहरुले कम्तीमा पनि दश पटक अनुहार चम्काउने पाउडर दल्छन् र नखरा पार्छन । त्यसपछि गाडीमा बस्दा होस् या उठ्दा,हरेक पटक आफ्नो अनुहारमा मेकअप गर्नैपर्छ ? यस्तो हर्कतले पुरुषलाई महिलाले कहिल्यै नचिताएको सास्ती दिन्छ ।

–प्रायः महिलाहरु ठुला झोला बोक्न मन पराउँछन् । तर पुरुषहरुलाई उनीहरुले बोक्ने त्यस्ता ठुला झोलाहरुले उनीहरुप्रति दिक्दारी बढाउने काम गर्छ । अर्कातर्फ पुरुषहरुलाई उनीहरुले बोक्ने ठुला झोलाहरुमा के छ भन्ने जिज्ञासा पलाउँछ, र केटीले बोक्ने त्यही झोला केटाहरुका लागि रहस्यको पोको हुन्छ । तर उनीहरु अक्सर जिज्ञासा मेटाउन असफल हुन्छन् ।

– महिलाहरु सरसफाइमा बिशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनाबश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराव गराउँछ ।

– महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । कतिसम्म भने उनीहरु दिनमै कयौं पटक आफ्ना पोशाक परिबर्तन गर्न उत्सुक देखिन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् ।

– महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफुलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् ।

प्रकाशित मिति October 30, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।