पछिल्लो पुस्ताकी चर्चित नायिका सुहाना थापाको दशैं (फोटो फिचर)

कुनै समयकी नेपाली चलचित्रकी नायिका झरना थापा उनका श्रीमान सुनिल कुमार थापा तथा छोरी सुहाना थापा फिल्मी क्षेत्रमा नै सक्रिय छन् । परिवार नै चलचित्र क्षेत्रमा भएका कारण थापा परिवारको निकै चर्चा हुनेगर्छ ।

यस बर्षको दशैं सुनिलकुमार थापा र झरना थापा र सुहानले एकसाथमा मनाएका छन् । झरना र सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेका छन् ।

कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका थिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन नायिका थापाले घटस्थापनाबाट सुरु गरेकी थिइन् । फू

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि चर्चामा आएकी नायिका सुहाना थापा तथा निर्देशकको रूपमा झरनाले अब बन्ने चलचित्र ‘ए मेरो हजुर ४’बाट पनि दर्शकको माया पाउने अपेक्षा व्यक्त गरेका छन ।

उनीहरूले सामाजिक संजालमा शेयर गरेका केहि तस्बिर हेराैँ

प्रकाशित मिति October 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।