२२ बर्षे जवानीमा उपसना देखिइन् निकै ‘बोल्ड’ लुक्समा, हेराैँ १३ तस्बिर

अभिनेता अनमोल केसीसँग फिल्म क्याप्टेनमा का्मर गरेपछि उपासना सिंह ठकुरी निकै चर्चामा रहिन् । फिल्म ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी त्यसपछि कबड्डी कबड्डी कबड्डीमा देखा परिन् ।

उनी अभिनित फिल्म भन्दापनि उनको अभिनय र सुन्दरतालाइ दर्शकले निकै मन पराए । अहिले हरेक निर्माता-निर्देशकको रोजाईमा उनी पहिलो नम्बरमा छिन् ।

उनै, उपासनाले गत महिना आफ्नो २२औं जन्मदिन मनाइन् । २०५५ साल असोज ४ गते जन्मिएकी उनकाे जन्मदिनमा उनलाई फ्यानहरूले सामजिक संजालमा शुभकामना दिए र शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी थिइन् । उनले फेसबुक मार्फत शेयर गरेकाे तस्विरमा दर्शकले निकै मन पराएका छन् ।

उनले चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र क्षेत्रमा प्रबेश गरेकि हुन् । क्याप्टेनबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी उपसना ‘कबड्डी कबड्डी कबड्डी’ पछि जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान बनाउन सफल भइन् । यो फिल्मपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहकी छन् ।

हालै दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । उनलाई थुप्रै फिल्मबाट अफर अाएपनि उनले कुनैपनि फिल्ममा साइन भने गरिसकेकी छैनन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन्।

हेराैँ उनले सामाजिक संजालमा शेयर गरेका तस्बिर-

प्रकाशित मिति October 27, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।