क्युट साराका ब्युटी लुक्स, हेराैँ १० तस्बिर

नायिका सारा सिर्पालीको सुन्दरता र अभिनयको चर्चा निकै छ तरपनि उनले अपेक्षित सफलता पाउन सकेकी छैनन् । साराको चर्चा त हुन्छ, तर चलचित्र सफल हुन सकिरहेका छैनन् ।

उनको डेब्यु फिल्म रूद्र चलेन । साथै मल्टिप्लेक्सका दर्शकले उनलाई चिन्ने मौका पाएनन् । तर, सिंगल थिएटरमा भने निखिलका दर्शकसँगै सारा पनि चिनिइन् । साराको अभिनयको पनि तारिफ भयो ।

पछिल्लो समय कतिपय अभिनेत्रीहरु नयाँ नयाँ फिल्म साइन गरेको चर्चा छ तर साराको भने कुनै चर्चा छैन

कतिपयले निखिलको भन्दा साराको अभिनयलाई रुचाएको प्रतिक्रिया समेत दिए । उनलाई निखिलले नै फेरि अर्को फिल्म ‘पिंजडा ब्याक अगेन’ मा देखिइन्। यो फिल्म पनि फ्लप भयो ।

तर पनि उनलाइ फिल्मको अभाव रहेन । तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ अभिनय गरेकी साराले यो फिल्मबाट पनि सफलता हात पार्न सकिनन् । लगातार तीन फिल्म दिएकी सारा अहिले गुमनाम जस्तै छिन् । पछिल्लो समय कतिपय अभिनेत्रीहरु नयाँ नयाँ फिल्म साइन गरेको चर्चा छ तर साराको भने कुनै चर्चा छैन ।

उनी अब हिट फिल्म दिने तयारीमा रहेको बुझ्न् सकिन्छ । जसका कारण पनि उनी राम्रो स्क्रिप्टको खोजीमा रहेको हुनुपर्छ । उनी गुमनाम जस्तै भएपनि उनको सुन्दरता र अभिनयको चर्चा भने निरन्तर चलिरहेको छ । उनका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षामा छन् ।

प्रकाशित मिति October 25, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।