अविवाहित युवतीमा दूध चुहिने समस्याको समाधान के होला ?

२४ वर्षको अविवाहित भन्छिन्: मेरो स्त नबाट दूध चुहिने स मस्या देखिएको छ? निकै तना वमा छु। के हो स्त नबाट दूध चुहिने सम स्या? के कारणले हुन्छ र उपचार के हो ?

डा दीना श्रेष्ठ, उत्तर : तपार्इ‌को जस्तै समस्या भएका धेरै युवतीको उपचार भइसकेको छ। त्यसकारण तनाव नलिनु होला। केही समयअघि राजधानीको एक कलेजमा स्नातक तहमा अध्ययनरत २१ वर्षीया युवतीले कक्षामा पढिरहेको समयमा अनौठो अनुभूति गरिन् ।

अचानक छाति चिसो भएर आयो । तत्काल त्यति वास्ता गरिनन् । तर छाति भिज्ने क्रम बढ्दै थियो । घरमा आएर हेर्दा स्त नबाट दूध चुहिएको थियो । सुरुमा अनौठो लागेपनि यसलाई उनले गम्भीर रुपमा लिइनन् । तर अविवाहित उनमा यो समस्या बारम्बार दोहोरिने गर्न थालेपछि उनी निकै त नावमा परिन् । र एक साथीको सुझावअनुसार चिकित्सककहाँ पुगिन् । खासमा उनमा यो समस्या प्रोल्याक्टिन हर्मोनका कारणले भएको रहेछ ।

के हो स्त नबाट दूध चुहिने समस्या? स्तनपान गर्ने बच्चा नहुँदा वा अविवाहित महिलाको स्त नबाट दुध चुहिने सम स्या भइरहेको हुन सक्छ । के कारणले दुध चु स्ने बच्चा नभएको समयमा पनि स्तनबाट दुध बगिरहन्छ ? यसबारे जानकारी हुनु आवश्यक छ। हाम्रो मस्तिष्कमा पिट्युरी ग्रन्थी हुन्छ । यसबाट प्रोल्याक्टिन हार्मोन उत्पादन हुन्छ । यो हार्मोनको काम स्त नको विकास गर्ने र बच्चा जन्मिएपछि दूध बनाउने हो । यो हार्मोन आवश्यक मात्रामा उत्पादन भइरह्यो भने केही असर पर्दैन ।

दुध चुहिने समस्या महिला–पुरुष दुवैमा देखिन्छ । समयमा उपचार गरेमा यसको स मस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रो ग भने होइन

यसको मात्रा बढ्यो भने स्त नपान नगराउने महिला, अविवाहित महिला तथा पुरुषमा पनि दूध चुहिने समस्या हुन सक्छन् । प्रोल्याक्टिन हर्मोनको मात्रा बढ्ने अवस्थालाई ‘हाइपरप्रोल्याक्टिमेनिया’ भनिन्छ। पिट्टुयरी ग्रन्थीमा कुनै कारणवश पलाउने ट्युमर, विभिन्न औषधिको असर वा अन्य कुनै रोगका कारण हार्मोनको मात्रा बढेको हुनसक्छ ।

खासगरि ग्याष्ट्रिक, साइकाट्रिससम्बन्धी औषधिको प्रयोग, धेरै क सिलो लुगा लगाउँदा या म स्तिष्कमा कुनै चोट लागेको भएपनि यो समस्या देखिन सक्छ। यस्तो स मस्या विश्वका १ प्रतिशत मानिसमा देखिन्छ । दु ध चु हिने सम स्या महिला–पुरुष दुवैमा देखिन्छ । समयमा उपचार गरेमा यसको समस्याबाट मुक्ति पाउन सकिन्छ । यो धेरै देखिने रोग भने होइन।

यो रो ग उपचारबाट निको हुन्छ । तर औषधि भने लामो समय लिनुपर्छ । कम्तिमा दुई वर्षदेखि सात–आठ वर्षसम्म पनि औ षधि सेवन गर्नुपर्ने अवस्था आउन सक्छ । स्तनपान गराउने महिले स्तनपान गराउन छाडेपछि पुन औषधि खानुपर्ने पनि हुनसक्छ । सामान्यता औष धि दिएरै प्रोल्याक्टिनको उपचार गरिन्छ । पिट्युरी ग्रन्थीमा ट्युमर पलाएको छ भने शल्य क्रिया पनि गर्नुपर्ने हुनसक्छ।

यौ नस म्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महि नावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्र मण हुनेजस्ता लक्षण

माइक्रोएडेनोमा १० मिलिमिटरभन्दा सानो हुन्छ । त्योभन्दा ठूलो ट्युमर छ भने म्याक्रोएडेनोमा भनिन्छ । माइक्रोएडेनोमा प्रोल्याक्टिनोमको उपचारका लागि औषधि नै प्रयोग गरिन्छ । तर म्याक्रोएडेनोमा छ भने शल्य क्रिया पनि गरिन्छ । प्रोल्याक्टिन हार्मोनको मात्रा बढेपछि महिला–पुरुषमा विभिन्न लक्षण देखिन थाल्छन् ।

यौ नस म्पर्क गर्न मन नलाग्ने, अल्छी लाग्ने, महिलामा महि नावारी अनियमित हुने, घाँटी दुख्ने वा संक्र मण हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्तै, बाँ झो पन, हड्डी कमजोर हुने तथा यो नीमा दुखाई हुनेजस्ता सम स्या हुन सक्छन् । आँखामा पनि विभिन्न सम स्या देखिन्छन् । किनकि अप्टिक नली पिट्युरी ग्रन्थीनजिकै हुन्छ । यो ग्रन्थीमा सम स्या आउनेबित्तिकै अन्य सहायक नलीको विकासमा समेत रोकावट ल्याउन सक्छ । पुरुषहरुमा स्त न बढ्ने पनि हुनसक्छ ।

मुख्यकुरा बुझ्नुपर्ने के हो भने हाइपरप्रोल्याक्टिमेनिया मष्ति स्कबाट आउने भएकाले आफ्नो बे्रेनलाई हरेक समस्याबाट मुक्त राख्नुपर्छ । छातीको समस्याले पनि यस्तो सम स्या हुनसक्छ । कहिलेकाँही क्यान्सरको सम्भावना हुने भएकाले यस्तो समस्या देखिए तत्काल चिकित्सको परामर्श लिनुपर्छ ।

डा दीना श्रेष्ठ, नर्भिक अस्पतालमा कार्यरत डा श्रेष्ठ इन्डोक्राइनोलोजिस्ट हुन् ।

प्रकाशित मिति October 21, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।