नवराज विकको प्रेमिकाको पहिलो अन्तरवार्ताः खोलिन् यस्ताे रहस्य (भिडियो)

काठमाडाै- रुकुम काण्डबारे बोल्न् नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् ।

उक्त घ’ट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् ।

रुकुम घटनामा हिरासतमा रहेकी उनी अदालतको फैसला पछि रिहा भएकी छन् । जाजरकोटका नवराज विक सुष्मालाई वेहुली बनाउन भन्दै आफ्ना साथी लिएर रुकुम गएका थिए । सुष्माको परिवार र गाउँलेले आ क्र म ण गर्दा नवराज सहित ६ जनाको निधन भएको थियो । सुष्माले घट’नाका बारेमा आफुले पछि मात्र थाहा पाएको बताएकी छन् ।

प्रकाशित मिति October 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।