आधा उमेरकै फरक पर्ने यी हुन् नेपाली चर्चित ५ सेलिब्रेटी जोडी

समान्य मानिस देखि राजनीतिज्ञ या सेलिब्रेटीहरुले पनि आफू भन्दा धेरै कान्छी उमेरकी केटी विवाह गरेको पाइन्छ ।अझ खाईलाग्दो ज्यान, आर्कषक व्यक्तित्व, अभिनयमा अब्बल, अभिनेताहरुका बढी महिला फ्यानहरु हुन्छन् । विपरित लि-ङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु युवतीहरु प्रशस्तै भेटिन्छन् ।

स्टारडमका कारण हुन सक्छ वा अन्य केही कारण, कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् । महानायक राजेश हमाल हुन् वा दशकौँ देखि सिनेमामा सक्रिय भुवन केसी ।आधा शताब्दीको उमेर पार गर्दासमेत उनीहरुप्रति दशकौँ कम उमेरका युवतीहरु आकर्षित हुन्छन् ।

भुवन केसीले आफ्नो छोरीको उमेरकी युवती जिया केसीसँग केही बर्ष अफस्क्रिन रोमान्स गरे । तर उनले आफ्नो रोमान्सलाई विवाहमा परिणत गरी सकेका छैनन् ।

हेर्दै जाउ उनीहरुको विवाह होला की नहोला । भुवन केसीले अहिले नै कम उमेरकी युवतीसँग विवाह नगरेपनि अन्य केही अभिनेता तथा अभिनेत्रीहरुले दुई दशक भन्दा धेरै कान्छा वा जेठासँग विवाह गरेर घरजम गरेका छन् ।

राजेश हमाल र मधु भट्टराई

नेपाली चर्चित महानायक हुन् राजेश हमाल । पछिल्लाे समय सामाजिक संजालमा उनकाे नाम निकै जाेडिएकाे छ । केहि समय साता अघि नायिका दिपा श्री निराैलाले महानायक विरुद्ध अावाज उठाएकि थिइन । उक्त अावाजमा भने दर्शक निकै रिसाएका थिए । विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे ।उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारीन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे ।

राजेश हमालको जन्म वि सं २०२१ सालमा भएको हो । अहिले उनी ५२ वर्षको वरिपरि छन् । मधु अहिले ३० वर्षमा हिँड्दै छिन् । यस हिसाबले राजेश र मधुबीचमा झण्डै २२ वर्षको फरक छ ।

निश्चल बस्नेत र स्वस्तीमा

लुटका निर्देशक निश्चल बस्नेतले पनि आफूभन्दा १४ वर्ष भन्दा बढी कान्छी उमेरकी स्वस्तीमासंग विवाह गरेका छन् । एकअर्काको साथमा रमाउन सक्यो भने उमेरले केही पनि फरक पार्दैन भन्दै यो जोडी अघि बढिरहेको छ । एकअर्काको उमेरमा भएको अन्तरले कुनै पनि समस्या नपरेको भन्दै यो जोडी आजको मितिसम्म खुशी छन् ।

आफ्नो वैवाहीक सम्बन्धको बारेमा उनीहरुले मिडियासँग पनि धेरै पटक भनिसकेका छन् । नायिका स्वस्तीमा २१ बर्षकी भइन् भने निश्चल ३४ वर्षका भए । निश्चल करिअरमा सफल र स्थापित भईसकेका छन् भने स्वस्तीमा करिअको सुरुवातमै छिन् । हेरौँ उनीहरुको वैवाहीक सम्बन्ध अगाडि कसरी बढ्छन् । हामी चहान्छौँ उनीहरुको सम्बन्ध दीगो र बलियो होस् ।

करिष्मा मानन्धर र विनोद मानन्धर

नायिका करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरको प्रेम विवाह भएको हो । केही समय सँगै काम गरेपछि अचानक करिष्माले नै विनोदलाई विवाहको प्रस्ताव राखेकी थिईन् । विवाह हुने समयमा करिष्मा १८ बर्षकी थिईन् भने विनोद ३८ बर्षका ।यस हिसाबले उनीहरुको उमेरमा पनि दुई दशकको फरक छ । एक छोरीको अभिभावक यो जोडीलाई पनि उमेरको अन्तरले खासै असर नपारेको देखिन्छ ।

शिव श्रेष्ठ र श्रृजना श्रेष्ठ

बहुविवाह र कान्छी उमेरको श्रीमती ल्याउने अभिनेता मध्ये अर्का अभिनेता हुन शिव श्रेष्ठ । उनले गंगादेवि श्रेष्ठसंग २०२८ सालमा झ्याई पारे पनि लामो समयसम्म सम्बन्ध टिक्न सेकन । अन्तत : उनले चितवन रामनगरकी श्रृजना श्रेष्ठ संग विवाह गरे । उनकी कान्छी श्रिमती शिव भन्दा २२ वर्ष कान्छी छिन् ।

हुन त भन्नेहरु भन्छन् माया प्रेम र विवाहमा उमेर जातपात धर्म भुगोलले असर गर्दैन । तर अर्का थरीको तर्क भने यस्ले ठूलो अर्थ लाग्छ भन्ने छ । जे होस् विवाह पछि कस्ले कती त्याग र समझदारीता दर्साउछ त्यसले विवाह पछिको जीवन कसरी अगाडि बढ्छ भन्ने निक्र्यौल गर्छ ।

मिथिला शर्मा र मोतीलाल बोहोरा

अभिनेत्री मिथिला शर्माले बुढेशकालमा ७४ वर्षिय मोतीलाल बोहोरासँग विवाह गरेर सबैलाई चकित बनाईदिईन् । उनले चार दशक पार गरेपछि लगन गाँठो कस्नु सबैको लागि आश्चर्य थियो । ५० बर्षिय अभिनेत्री मिथिलाले आफूभन्दा २४ बर्ष जेठा मोतिलालसँग विवाह गरेकी हुन् । बुढेशकालमा सुरु भएको प्रेमलाई उनीहरुले विवाहको रुप दिएका हुन् । मिथिलासँग विवाह गर्नुभन्दा एक बर्ष अघि मात्रै बोहोराकी श्रीमतीको निधन भएको थियो । मोतीलाल पूर्व आई जिपि हुन् । उनीहरुको दुई बर्ष अघि विवाह भएको हो ।

प्रकाशित मिति October 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।