कति छ आज सुनचाँदीको भाउ ?

आइतबार पनि छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार

आज नेपाली बजारमा सुनचाँदीकोको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका भनाइ अनुसार चाँदीको भाउ तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति October 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।