निलाे पहिरनमा धपक्क केकी (फाेटाे फिचर)

नेपाली अभिनेत्री केकी अधिकारी, उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ ले उनलाइ राम्रै चर्चा दिलायो । पछिल्लाे समय भने उनी म्युजिक भिडियोमा व्यस्त रहेकि छिन् । नायिका केकी अबिवाहित छिन् त्यसैले पनि उनकाे सुन्दरताकाे निकै चर्चामा रहने गर्छिन् ।

केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकी ‘छ माया छपक्कै’ पहिलो सफल चलचित्रको रूपमा दर्ज भयो ।

नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् । उनले पछिल्लो समय कमेडी च्याम्पियन निर्माणमा समेत ब्यस्त रहिन्।

उनी सामाजिक संजालमा समेत निकै संक्रिय रहन्छिन्। केहि समय अघि शारिरीक अभ्यास गरेका तस्बिर पनि निकै भाइरल बनेका थिए । प्राय सिम्पल रूपमा देखापर्ने केकीले हालै निलाे पहिरनमा सजिएर सुन्दर तस्विर शेयर गरेकि छिन् । उक्त तस्विरमा केकी निकै सुन्दर देखिएकी छिन् । तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया दिएका छन् ।

प्रकाशित मिति October 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।